सुचना, समाचार र मनोरन्जन

भुटेको मकै कि गायिका मेनुका राई संगीत साधनामा सक्रिय

काठमाडौं :

पुर्वेली नेपाली लोक तथा आधुनिक गीतमा सक्रिय रहदै आएकी गायिका हुन् मेनुका राई । पुर्वेली लोकसंगीतको अलवा आधुनिक गायन विधामा आफुलाई उतिकै सक्रिय रुपमा लागि परेकी गायिका राईका थुप्रै गीतहरु स्रोतामाझ लोकप्रिय छन्।

‘माया आरिसे’, ‘१२३’, ‘लाइफ’ लगायतका एल्वममा समावेश रहेका गीतमा उनको स्वर रहेको छ । ‘भुटेको मकै’, ‘जुनी जुनीसम्म’,‘इसाराले’, ‘यो छोरीलाई’, ‘नौ डाडाँ पारि’, ‘पानी है मिठो यारी खोलाको’, ‘सुन माया सुन’, ‘ढल्कियो जोवन’, ‘सोलु सल्लेरी’लगायत करिव ४ दर्जन गीतमा उनको आवाज सुन्न सकिन्छ । मेनुकाका सिर्जनामा सस्कार सस्कृति र मौलिकपनको आभास समेत पाइने गरेको छ।

विगत ढेड दशकदेखी गायनमा रमाउँदै आएकी उनको शाक्रिय संगीतमा गहिरो अनुभव छ। कलेजमा ऐच्छिक विषय संगीतमा डोरेमी संगीत पाठशालामा गुरुदेव कामत, दिपक हामजाम, प्रकाश गुरुङ्ग, कैलाश राई लगायत नेपाली संगीतका अग्रज गूरुहरुबाट शास्त्रिय र आधुनिक संगीतको ज्ञान बटुलेकी छन । उनी संगीतको विधामा आमाको हौसलाबाट प्रेरित भएको बताउँछिन्।

‘आमा भैशोभा राईको रहर पनि कलाकारिताबाटै छोरीले नाम कमाए हुन्थ्यो भन्ने थियो,’उनले बाल्यकाल सम्झदै भनिन्,‘बुवा रुद्र राई पनि छोरीले केही न केही गरेर नाम कमाओस् भन्ने नै थियो । घरको जेठी छोरी भएकाले पनी घरको जिम्मेवारी पनी थियो । आमाबाबुको मिठो लाडप्यारमा हुर्किएकी म समयक्रमले संगीतको रहर जगाउँदै लगेको थियो। बुबा आमाको सपना पुरा गर्न भएपनि संगीतमा सक्रिय भए।’

स्कुल पढ्दाका अनुभव

स्कुल पढ्दै गायनमा रहर जागेको थियो मेनुकालाई । खोटाङ्ग जिल्ला बुइपाको ग्रामिण भेगमा जन्मिएर त्यहि परिवेशमा उकाली ओराली गर्दै गर्दा रेडियोमा गीत खुब सुन्ने गर्थिन। गीत सुन्दा टेलिभिजनमा गीत हेर्दा, आफनो आवाज पनी त्यसै गरि प्रशारण गर्न पाए हुन्थ्यो भन्ने सोच मनमा आइरहन्थ्यो उनलाई । अझ बुबाले पनि बेलाबेलामा छोरी टिभीमा पनी यसरी नै गीत गाईरहेको हेर्न पाए हुन्थ्यो भन्ने गर्थे। त्यहि बुबाको बोलीले उनमा गीत गाउनका लागि थप उर्जा थपिन्थ्यो । कुनै दिन बुबाको इच्छा पनि पढ्दै कमाउन पर्ने अवस्था आयो । तैपनि उनी निराश भने भइनन् । किनभने उनमा संगीतको भूत सवार भैसकेको थियो ।

ग्रामिण परिवेशमा सामान्य परिवारमा जन्मिएर पनी संगीत प्रतिको मोह र गायनको बारेमा मोह बढ्दै गयो। आफनो उच्च शिक्षा पुरा गर्ने चाहनाका साथ एस एल सी सकिएपछि आफ्नो पढाईलाई अगाडि बढाउनको लागी काठमाडौंको यात्रातय गरिन्। काठमाडौं आएपछि उनी आफनो कान्छो काकाका साथमा शैक्षिक तथा सांगितिक अध्ययन गर्न थालिन्। उनका काकाले उनलाई बसाईमा सदैव साथ र सहयोग पुर्याए ।आमाको रहर पुरा गराउन लागी नै किन नहोस् आफ्नो रहर मेटाउन पनि संगीत सिक्न थालिन् । कलानिधि संगीत विद्यालयबाट संगीतको अध्ययन पुरा गरिन् मेनुकाले ।

पहिलो गीत रेकर्ड गर्दाको खुसी

आफनो काकाले दिएको साथ र सहयोगले उनलाई संगीत कर्ममा उर्जा थपियो। रेकर्डिङमा पनि उनी अग्रसर हुन थालिन् र रहरै रहरमा उनले पहिलो गीत रेकडिङ्ग २०६४ सालमा । आफनो इच्छा पुरा गराउन उनी गायन यात्रा सुरुवात गरिन्। रेडियोदेखी टेलिभिजन सबैतिर उनका गीत बज्न थाले । यसरी गायनमा सक्रिय भएर मुलकर्म संगीतको गायनलाई यसैका भरमा जिविका चलाउन नसकिने हुनाले उनी अन्यत्र पाटोमा पनि समातिन्।

गायन उनको सौखको पाटो हो । आफ्नै लगानीमा हरेक साल मौलिक तथा आधुनिक गीत विभिन्न अवसरमा गीत रेकर्ड गराएर श्रोता माझ ल्याउदैन आएकी छन्। उनको यो क्रम टुटेको छैन । पुर्वेली गीत रोजाई त हो तर उनको सांगीतीक यात्रा भने जारी छ । यस वर्ष पनि उनका केही गीत रेकर्ड भैसकेको छ भने केही गीतहरु केही रिलीजका तयारीमा छन्।

घरमा अवाडै अवार्ड

आधुनिक र पुवेली भाकाबाट उनले इमेज अवार्ड,विध्यावासिनी म्यूजिक अवार्ड , नेशनल आर्ट एण्ड कल्चर म्युजिक लगायत थुप्रै अवार्डहरु हात पारेकी छन्। उनका सबै गीत युट्युबमा पाईन्छन् ।मेनुका राईको व्यक्तित्व निख्खर र मिजासिलो छ । स्वर अनुसारको गीत यिनले पाउने हो भने एकदम चर्चाको शिखर पुग्ने कुराको कुनै शंका छैन । संगीतमा लामो समय देखी सक्रिय मेनुका राईका आकर्षक सिर्जनाले नेपाली गीत संगीतमा फराकिलो क्षेत्र ओगटेको छ।

Leave A Reply

Your email address will not be published.