काठमाडौ :
गायिका मिना राई र गायक निर्वाण निश्चल रार्ईको स्वर समेटिएको ‘मह भन्दा गुलियो’ बोलको भिडियोे दर्शक माझ आएको छ। भिडियो गायिकाको आफ्नै युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो।
गायिका राई हालै विदेशको सांगीतिक भ्रमण सक्काएर स्वदेश फर्केकी हुन्। मेला महोत्सवमा गायिने पुर्वेली शैलिमा आधारित रहेकोले यस गीतलाई दर्शक,श्रोताहरुले आफ्नो अघिल्ला सिर्जनाहरुलाई मनपाराइदिनु भएजस्तो ‘मह भन्दा गुलियो’लाई पनि मनपराउनु हुनेछ भन्ने कुरामा गायिका राई आशावादी रहेकी छन्।
डिपि खनालको शब्द, देवेन्द्र बरालको संगीत, विश्व अधिकारीको एरेन्ज, मिस्किङ, माष्टरिङ रहेको गीतको भिडियोमा हरिष निरौला ‘कक्रोज’, तृष्णा बराइली, मनि राई सशिकला तामाङ लगायतको अभिनय र नृत्य रहेको छ। साथै गीतको भिडियो भने कोरियोग्राफी रोशन विश्वकर्मा, छायांकन दिनेश पराजुली,सम्पादन अनिल कोयी राई र निर्देशन अमृत चापागाईंको रहेको छ।