सुचना, समाचार र मनोरन्जन
Pdms

३५ दिनमै छायांकन सकियो प्रकाश सपूतको ‘मिरमिरे’

काठमाडौं :

 यम शेर्पा निर्देशित नेपाली चलचित्र ‘मिरमिरे’को छायांकन कार्य सम्पन्न भएको छ। निर्माण टिमका अनुसार चलचित्रको छायांकन ३५ दिनभित्र सम्पन्न गरिएको हो। अब केवल एक गीतको छायांकन मात्रै बाँकी रहेको छ।

छायांकन काभ्रेका विभिन्न स्थान तथा मकवानपुरको चित्लाङमा गरिएको चलचित्र ‘मिरमिरे’ आगामी माघ १ गते देशभर प्रदर्शनमा आउनेछ। निर्माण पक्षले मुख्य अभिनेत्री सिर्जना निङलेखुको जन्मदिनको अवसर पारेर केही दिनअघि रिलिज मिति घोषणा गरेको हो।

दयाहाङ राई, प्रकाश सपूत र सिर्जना निङलेखु मुख्य भूमिकामा रहेका यस चलचित्रमा माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा लगायतका कलाकारको पनि अभिनय रहनेछ। बाल कलाकारका रूपमा शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेल छन्।

चलचित्रको कथा तथा निर्देशन यम शेर्पाले गरेका हुन् भने छायांकन आलोक शुक्लाले गरेका हुन्। यार्सा फिल्म्सको प्रस्तुति रहेको ‘मिरमिरे’मा निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा निर्माता छन्।

गोविन्द बोहरा र सुदिप कुँवर सह-निर्माताको भूमिकामा रहेका छन् भने रोहित कट्टेल कार्यकारी निर्माता रहेका छन्। चलचित्रको देशभर वितरणको जिम्मेवारी आरआर फिल्म्सले लिएको छ।

Leave A Reply

Your email address will not be published.