सुचना, समाचार र मनोरन्जन
Pdms

मिस कोशी २०२५ सिजन ९’को पहिलो अडिसन अडिसनबाट १२ जना युवती छनोट

काठमाडौं :

जय मिडिया मेनेजमेन्टको आयोजनामा हुन लागेको ‘मिस कोशी २०२५ सिजन ९’को पहिलो अडिसन विराटनगरमा सम्पन्न भएको छ। अडिसनबाट १२ जना युवती छनोट भएका छन्।

अडिसनमा जय मिडिया मेनेजमेन्टका अध्यक्ष तथा निर्माता, लेखक र निर्देशक जय राज राय, समाजसेवी काशीराम आचार्य, मिस कोशी २०२४ शुभलक्ष्मी राई, मिस कोशी २०२४ की थर्ड रनर अप कृति बस्नेत, मिस कोशी २०२४ की फस्ट रनरअप निशाहाङमा लिम्बु निर्णायक थिए।

अडिसनमा निहारिका कलेजका अध्यक्ष रुपेश खतिवडा प्रमुख अतिथी र नेपाल खेलकुद महासंघ कोशी प्रदेशका अध्यक्ष रोहित कोइराला तथा नेपाली काँग्रेस कोशी प्रदेशका कोषाध्यक्ष राजेश गुप्ता विशेष अतिथी थिए।

जय मिडियाका संस्थापक जय राज रायले युवतीहरुको आन्तरिक प्रतिभा प्रष्फुटन गर्न र नयाँ अवसरको सिर्जना गर्न प्रतियोगिता हुन लागेको बताए । उनका अनुसार आगामी अडिसन इटहरी र धरानमा हुनेछ।

Leave A Reply

Your email address will not be published.