काठमाडौं :
सिएस इन्टरटेनमेन्ट नेपाल र इस्टपोल सेकेण्डरी स्कुलको सहकार्यमा राजधानीमा आयोजित पहिलो संस्करणको ‘मिष्टर एण्ड मिस इस्टपोल २०८२’ को उपाधि मिष्टरतर्फ नुर दाहाल र मिसतर्फ विदुशी शाहले जितेका छन्। विजेताहरूले एक वर्षको छात्रवृत्तिसहित विभिन्न पुरस्कार प्राप्त गरेका छन्।
प्रतियोगितामा मिष्टरतर्फ डेरियस महतो र मिसतर्फ छोंगी लामा फस्ट रनरअप घोषित भए भने मिष्टरतर्फ ह्यान्सन लामा र मिसतर्फ बियांका रोशन पौडेल सेकेण्ड रनरअप बने। फस्ट रनरअपले ६ महिनाको छात्रवृत्ति तथा सेकेण्ड रनरअपले ३ महिनाको छात्रवृत्ति प्राप्त गरेका छन्।
यस्तै, मिष्टरतर्फ नमन्य लोप्चन र मिसतर्फ कृशा राउत ‘पब्लिक च्वाइस विनर’ घोषित भए। मिष्टरतर्फ डेसमण्ड घिसिङ र मिसतर्फ लछेन घिसिङ ‘भ्युअर्स च्वाइस विनर’ बने। पब्लिक च्वाइस विजेताहरूले १० हजार रुपैयाँ र भ्युअर्स च्वाइस विजेताहरूले ५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन्।
नेपालकी प्रथम नायिका भुवन चन्द प्रमुख निर्णायक रहेको प्रतियोगितामा मोटिभेसनल स्पिकर तथा साइकोलोजिकल काउन्सिलर अशोककुमार दाहाल, ‘मिस नेपाल २०२०’ नम्रता श्रेष्ठ, गायक लाक्पा शेर्पा, नेसनल चाइल्ड राइट्स काउन्सिलका अध्यक्ष बमबहादुर बानियाँ, लेखक तथा उपन्यासकार भीष्मराज फुलारा र पत्रकार तथा राष्ट्रिय कराँते रेफ्री करन तामाङ निर्णायकका रूपमा सहभागी थिए।
कार्यक्रममा नेपाल प्रहरीका एआईजी टेकबहादुर तामाङ, टेलिफिल्म निर्देशक दिवाकर भण्डारी र न्यू लाइफ नेपालका संस्थापक अध्यक्ष राजेन्द्रकुमार खनाललाई विशेष सम्मान गरिएको थियो।
प्रतियोगिता संयोजक कलाकार छिरिङ शेर्पाले विद्यार्थीहरूमा आत्मविश्वास वृद्धि, व्यक्तित्व विकास र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पहिचान स्थापित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताइन्।
कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सभाका सदस्य विष्णु पुडासैनीले यस्ता कार्यक्रमले नयाँ पुस्तामा सकारात्मक सोच विकास गर्नुका साथै भविष्यतर्फ अगाडि बढ्न प्रेरणा दिने उल्लेख गरे।