सुचना, समाचार र मनोरन्जन

साउन २३ गते रिलिज हुने फिल्म ‘मोहर’को फस्टलुक सार्वजनिक

काठमाडौं :

आगामी साउनको २३ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘मोहर’को फस्टलुक सार्वजनिक भएको छ। बुधबार निर्माणपक्षले सार्वजनिक गरेको हो। सार्वजनिक पोष्टरमा फिल्मका मुख्य कलाकारहरुलाई स्थान दिइएको छ ।

Pach Pandav

सार्वजनिक पोष्टरमा फिल्मका मुख्य कलाकार पल शाह,नायिकाद्धय बेनिशा हमाल,नीति शाहका साथमा अर्जुन जंग शाहीलाई पनि पोष्टरमा देख्न सकिन्छ। पोष्टरमा पल शाह केही रिसाएको अनुहारमा देखिन्छन् भने बेनिशाको अनुहारमा डर भाव छ भने नीति हर्षित मुद्रामा देखिन्छिन्।

फिल्मको पोष्टरमा यसको नाम र लोगोलाई ठूलो स्थान दिइएको छ। यो फिल्ममा मिथिला शर्मा, रवीन्द्र झा, लक्ष्मी गिरी र बाल–कलाकार सारा शर्माको पनि अभिनय छ। ओम प्रतिकको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्मका निर्माता चुम्बन जंग शाही हुन्। दीपेन बस्न्यातको डीओपी, कुमार महर्जनको एक्सन, भूपेन्द्र अधिकारीको सम्पादन, सुरेश अधिकारी र एसडी योगीको संगीत, प्रमोद ढुंगाना र हर्क साउदको शब्द छ।

गिरिराज घिमिरे मुख्य सहायक निर्देशक रहेको यो फिल्ममा कविराज गहतराज र रामजी लामिछानेको नृत्य निर्देशन छ रहेको यो फिल्ममा लक्ष्मणराज पौडेल निर्माण नियन्त्रक रहेका छन्। दाङ, अर्घाखाँची, रोल्पा, प्युठान र काठमाडौंमा यो फिल्म खिचिएको हो। ‘मोहर’को पोष्टर सार्वजनिक भएसँगै दर्शकहरुमा अझै उत्साह र आशा बढ्ने देखिन्छ।

Leave A Reply

Your email address will not be published.