सुचना, समाचार र मनोरन्जन

चार अर्ब २५ करोड २० लाख राजस्व संकलन

 

बागमती : हेटौँडास्थित आन्तरिक राजस्व कार्यालयले चालू आर्थिक वर्षको आठ महिनामा रु चार अर्ब २५ करोड २० लाख राजस्व संकलन गरेको छ । यो लक्ष्यको ८२ दशमलव ३२ प्रतिशत संकलन भएको हो ।

 

Chaka Panja

कार्यालय प्रमुख युक्तप्रसाद सुवेदीका अनुसार आव २०८१÷८२ को आठ महिनामा रु पाँच अर्ब १६ करोड ५२ लाख ३२ राजस्व संकलन गर्ने लक्ष्य रहेकामा रु चार अर्ब २५ करोड २० लाख ३७ हजार संकलन भएको छ ।

 

कार्यालयले अन्तःशुल्कतर्फ रु दुई अर्ब ४१ कारेड ७४ लाख ४७ हजार, आयकरतर्फ रु ७३ करोड ५२ लाख ९२ हजार, मूल्यअभिवृद्धि करतर्फ रु ६१ करोड ४७ लाख ९९ हजार, स्वास्थ्य जोखिम करतर्फ रु ४१ करोड १३ लाख ५१ हजार, ब्याजकरतर्फ रु छ करोड २५ लाख ९८ हजार र बहालकरतर्फ रु एक करोड २५ लाख ५० हजार संकलन गरेको छ ।

 

कार्यालयमा आयकरतर्फ ३४ हजार ४३, मूल्यअभिवृद्धितर्फ पाँच हजार नौ सय २३, अन्तःशुल्कतर्फ एक हजार छ सय चार, विथहोल्डतर्फ सात सय ११ र व्यक्तिगततर्फ ८३ हजार सात सय एक करदाता आबद्ध  छन् ।

Leave A Reply

Your email address will not be published.