Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- ग्लोबल फिनटेक फेस्ट २०२६ : पेटिएमले जितेको विधामा यसपटक नेपाली कम्पनी आइमार्कको प्रतिस्पर्धा
- विज्ञापनको बजार स्वच्छ र पारदर्शी बनाउन सरकार प्रतिबद्धः सञ्चारमन्त्री
- सभामुख अर्यालद्वारा असंसदीय अभिव्यक्ति हटाउन निर्देशन
- ‘एलिफेन्ट्स इन द फग’का निर्मातालाई प्रश्न– यो तेस्रोलिंगीहरूको कथाको सिनेमा हो ?
- ‘मिसेस ग्राण्ड ग्लोबल वुमन २०२६’ मा अन्तर्राष्ट्रिय सफलतापछि हाउस अफ फेसनद्वारा ‘मिसेस भोग सीजन फोर’ को घोषणा
- ‘वीर गणेशमान’ ऐतिहासिक नाटक भदौ १४ देखि सर्वनाम थिएटरमा मञ्चन हुने
- ८ वर्षपछि रेखा थापाको कमब्याक: सार्वजनिक भयो तीज गीत ‘नक्कल पारी’
- कञ्चनजङ्घा घुम्न आए एक हजार ३३१ विदेशी पर्यटक
- सौरभ चौधरीको ‘द राइज अफ साम्राज्य’मा अञ्जनाको प्रवेश
- डिजिटल प्लेटफर्ममा चलचित्र ‘बेहुली’को दबदबा: दोस्रो गीत ‘म भईन भने’ले २४ घण्टामै तोड्यो अघिल्लो रेकर्ड
बर्खा लाग्यो, तर हिउँ पर्न छाडेन
मुस्ताङ,
हाल मुस्ताङ भ्रमण गर्ने सबैभन्दा अनकूल याम चलिरहेको छ । हिउँदयामको चिसो र हिउँ पर्ने समय टरिसकेकाले यस यामलाई मुस्ताङ भ्रमणको अनुकूल याम मानिन्छ । हाल हिउँदयाम सकिएर गर्मीयाम सुरु भइसके पनि यहाँ अझै हिउँ पर्ने क्रम भने रोकिएको छैन ।
बुधबार यहाँको वारागुङ मुक्तिक्षेत्रमा आंशिक हिउँ परेको छ, जसकारण यहाँ चिसो बढेको छ । मुक्तिनाथस्थित हाई अल्टिच्युड ट्रिटमेन्ट सेन्टरमा कार्यरत स्वास्थ्यकर्मी सरोज घर्तीले बुधबार मुक्तिनाथ क्षेत्रमा करिब एक घण्टाभन्दा बढी समयसम्म हिउँ परेको बताउनुभयो । हिउँ परेसँगै आसपासका नाँगा डाँडाकाँडा फेरि हिउँले सेताम्मे भएको उहाँको भनाइ छ ।
गर्मीयाम सुरु भइसक्दा पनि मुक्तिनाथमा बेमौसमी हिमपातले दर्शनार्थी भक्तजनलाई मुक्तिनाथ यात्रामा असजह भएको स्वास्थ्यकर्मी घर्तीले उल्लेख गर्नुभयो । मुक्तिनाथ क्षेत्रमा योसँगै यस वर्ष आठौँ पटक हिमपात भएको हो । यसलाई स्थानीय जानकारकर्ताले जलवायु परिवर्तनको प्रभावका रूपमा विश्लेषण गरेका छन् । वसन्त ऋतुको समयमा पालुवा पलाएर मौसम पनि गुल्जार हुने समयमा मौसम प्रतिकूल बन्नु र हिउँ पर्नु यहाँका लागि राम्रो नभएको वारागुङ मुक्तिक्षेत्र—१ का वडाध्यक्ष प्रमेश गुरुङले बताउनुभयो ।
वारागुङ मुक्तिक्षेत्र–१ अन्तर्गत खिङ्गा, झारकोट, लुप्रा र पुराङ रानीपौवालगायत गाउँमा हिउँदयामको बिदाइ र बर्खायामलाई स्वागत गर्दै ‘धछ्याङ’ पर्व मनाइसकिएको छ । बेमौसमी हिमपातले अन्नबाली र विशेष गरी स्याउका फूलहरू नष्ट गर्ने चिन्ता बढेको वडाध्यक्ष गुरुङले उल्लेख गर्नुभयो ।
यस वर्षको हिउँदयाममा यहाँ पटक पटक हिउँ परे पनि वैशाख महिनामा हिउँ पर्नु अनौठो भएको वारागुङ—१ का खिङ्गा गाउँका मुखिया ल्हाक्पाटसी गुरुङले उल्लेख गर्नुभयो । हिउँदयाममा परेको हिउँ कृषकका लागि फाइदाजनक भए पनि बेमौसमी हिमपातले कृषि र पर्यटन क्षेत्रलाई असर पु¥याउने उहाँले बताउनुभयो ।
(((
Next Post