
Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- यमपञ्चकको आज दोस्रो दिनः कुकुर तिहार र नरक चतुर्दशीसँगै साँझ लक्ष्मीपूजा गरिँदै
- जलविद्युत् र चिसो हावापानी उपयोग गरेर नेपालमा एआई डाटा सेन्टर बनाउन सकिने
- पोखरामा मौलिक देउसीभैलो उत्सव आयोजना हुँदै, उत्कृष्ट टोलीलाई २५ हजार
- लक्ष्मीपूजाको दिन बिजुलीको अधिकतम माग झण्डै १ हजार ७०० मेगावाट रहने अनुमान
- पशुपन्छीसँगको आत्मीयता हाम्रा चाडपर्वहरूको सुन्दर पाटो हो: प्रधानमन्त्री शाह
- आज कार्तिक कृष्ण त्रयोदशी, आयुर्वेदका प्रवर्तक धन्वन्तरि जयन्ती
- धार्मिक यात्राको पुण्य सामाजिक सेवामा जोड्दै योगेश गुरुङ्ग
- निरुता र उत्तमको अभिनय रहेको ‘सारथी’को गीत सार्वजनिक
- फ्राइडे रिलिजमा ‘पाँच पाण्डव’
- ‘सिन्दुरे जात्रा’को फर्स्ट लुकमा रोहिरहेका विजय र अञ्जना
सडक स्तरोन्नति भएसँगै मुस्ताङमा पर्यटक बढे
मुस्ताङ,
बेनी–जोमसोम–कोरला सडक स्तरोन्नति भएसँगै मुस्ताङमा पर्यटकको आगमन बढेको छ । कोरला सडकको म्याग्दी र मुस्ताङ खण्डमा दुई तिहाइ सडक बढेको हो । मुस्ताङ धार्मिक तथा पर्यटकीय दृष्टिले देशको प्रमुख गन्तव्य हो । मुक्तिनाथ मन्दिर, कागबेनीधाम र दामोदरकुण्ड मुख्य धार्मिकस्थल हुन् ।
यसैगरी, उपल्लो मुस्ताङको लोमान्थाङ दरबार, कोरलानाका, ढुम्बाताल, घर गुम्बा, मार्फा, जोमसोम बजार यहाँका पर्यटकीय गन्तव्य हुन् । पृथक भूगोल, प्राकृतिक सौन्दर्य, जैविक विविधता, प्राचीन गुम्बा तथा मठमन्दिरका साथै यहाँका धार्मिक, सामाजिक, सांस्कृतिक सम्पदाले जुनसुकै उमेरका मानिसलाई आकर्षित गर्दै आएको छ ।

विगत पाँच वर्षको पर्यटकीय तथ्याङ्क तुलना गर्दा मुस्ताङमा दोब्बरले पर्यटक बढेका पाइएको छ । चालु आर्थिक वर्ष २०८१÷८२ को साउनदेखि जेठसम्मको ११ महिना अवधिमा स्वदेशी तथा विदेशी पर्यटकगरी छ लाख ७८ हजार ५३६ जना पर्यटकले मुस्ताङ भ्रमण गरेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गत आवमा चार लाख ५४ हजार ३२६ जना स्वदेशी तथा विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका थिए । चालु आर्थिक वर्षको साउनदेखि जेठ मसान्तसम्म स्वदेशी पाँच लाख ३९ हजार ८७२ जना र ७२ देशका एक लाख ३८ हजार ६६४ विदेशी मुस्ताङ आएका हुन् । गत वर्ष तीन लाख ५४ हजार ९२७ नेपाली र ९९ हजार ३९९ विदेशी यहाँ आएका हुन् ।
चालु आर्थिक वर्षको साउनदेखि जेठ महिनासम्ममा स्वदेशी पर्यटकतर्फ सबैभन्दा धेरै कात्तिक महिनामा ९९ हजार १७६ जना र चैत महिनामा ८९ हजार ३४४ जनाले मुस्ताङको भ्रमण गरेका उक्त कार्यालयको अभिलेखमा उल्लेख छ ।
यसैगरी, विदेशी पर्यटकतर्फ सबैभन्दा धेरै जेठ महिनामा २८ हजार ३७२ जना र वैशाख महिनामा २६ हजार २९ जना विदेशीले मुस्ताङ भ्रमण गरेका थिए ।