काठमाडौं :
नेपालमा छुवाछुतको नारा राजनीतिक दलले वर्षौदेखि लाउदै आएका छन्। तर ईलाम चुलाचुली वडा नं ‘पुरानो ५’ निवासी चन्द्रप्रसाद भुर्तेलकोमा भने यो कुरा लागि लागू हुन सकेको छैन। उनका १० भाई छोराहरू र त्यो परिवार भित्रका अन्तर्य छोरा ओमनाथ भुर्तेल र देवीमाया भुर्तेल आज पनि २०६८ साल पुष ४ गते अन्तरजातीय विवाह गरेपछि घर छोडेरे हिडेका छन्।
उनी घर छोडेर हिँडेको छोरो आजसम्म पनि यो समाजसंग उनका बिचरा ओमनाथ भुर्तेल देवीमाया भुर्तेल आफ्नो एक भाई छोरो वेदप्रसाद भुर्तेल जसले २०६८ साल पुष ४ गते नीलम सुनाम दर्जीसंग अन्तरजातीय विवाह गरे । उनीहरुको विवाह भएको आजसम्म १२ औं वर्ष बितिसकेको छ । तर न यो राजनीतिक दल, न यो देश, न यो संविधान, न ती नेता, न नेपाली कांग्रेस, न नेकपा एमाले, न नेकपा माओवादी, न स्वतन्त्र भनिएर अहिलेका कहलिएका पहिचानको कुरा उठाएर छुवाछुत केही होइन, मान्छे एउटै हो भन्ने नारा लाएर हिँड्ने स्वतन्त्र पहिचानवादी जोसुकै भएपनि हाम्रो परिवारमा भैरहेको पिडालाई समाधान र सन्त्वना दिने काम कतैबाट बेदप्रसाद भूर्तेलले पाएका छैनन्।
ईलामको चुलाचुलीमा रहेका भुर्तेल परिवारभित्र खड्केको समस्या र परिवारको पीडामा सङ्घर्ष गरेको कथा र त्यो परिवारको छोरा नाती वेदप्रसाद भुर्तेलले यति धेरै हण्डर, ठक्कर पीडा बेइज्जती, सामाजिक बेइज्जती र आर्थिक बेइज्जती सहेर पनि नेपाली चलचित्र क्षेत्रमा चलचित्र लेखन, निर्देशकको रुपमा आफ्नो पशिचान बनाएका छन् ।
निर्देशक भूर्तेलले आफ्नो जीवनमा आधारित चलचित्र ‘नदेखिएको जात’ निर्माण गरी रिलिजको लागि वर्षौ देखि पर्खेर बसेका छन् । आफ्नो अन्तरजातीय विवाहबाट जन्मिएको बच्चा पढाउन हुर्काउन समाजसंग जुद्दा, चलचित्र निर्माण गर्दाका ऋणपानसंग जुध्दै बसेको त्यो अन्तरजातीय विवाहको अस्ली प्रेमी जोडी बेदप्रसाद भुर्तेल र निलम दर्जीको पिडा कसले बुझिदिने ?
निलम दर्जीलाई आजसम्म न दलित अधिकार आयोग, न चलचित्र विकास बोर्ड, न बेदप्रसाद भूर्तेलका बुबाआमा साथै भूर्तेल परिवारले यत्रो समाजमा आफ्नो छोरा, नातीलाई मान्छेले मान्छेलाई मान्छे मान्नु पर्छ है भनेर दिएको जनचेतना र ज्ञान व्यवहारमा लागू हुन नसकेको बताउछन् निर्देशक भूर्तेल । न्याय पाउ भनेर यत्रो संघर्ष गर्दा पनि आजसम्म यो विषयमा संविधानमा छुवाछुत उन्मुलन भनेर हिँडिरहँदा त्यो ओमनाथको घरमा आफ्नो क्रान्तिकारी छोरोलाई समाजले स्थापित गराइदेला कि भन्ने आशामा बसेका छन् ।
आजसम्म पनि गाउँघर नगई, नगई सङ्घर्ष गरिरहेकै छन् । उनीहरूको जीवन कहानीमा निर्माण भएर बसेको छ चलचित्र नदेखिएको जात । यो चुनावी माहोलले पक्कै पनि चलचित्र ‘नदेखिएको जात’ क्रान्तिकारी प्रेमि जोडी बेदप्रसाद भुर्तेल र नीलम दर्जी साथै ती महान आमाबुबा छोरा विहीन खाली भएको घर पक्कै पनि चलचित्र ‘नदेखेको जात’ रिलिज हुन सकेमा परिवार र समाजसंग पुर्नमिलन हुने आशामा निर्देशक बेदप्रसाद भुर्तेलले गरेका छन् ।
निलम दर्जी र ओमनाथ भुर्तेल, देविमाया भुर्तेलले गरेको सामाजिक क्रान्तिको संघर्ष पक्कै पनि चलचित्र ‘नदेखेको जात’ र यो परिवारलाई अहिले चलिरहेको चुनावी माहोलले पक्कै पनि राहत दिन्छ भन्ने आशा छ । बेदप्रसाद भुर्तेल र नीलम दर्जीका अहिले नौ वर्षका एक छोरा छन् ।
उक्त चलचित्रमा बास्तविक जोडी बेदप्रसाद भुर्तेल, निलम दर्जी, संजोग राणा, जाहान्वी वस्नेत, लय संग्रौला, बिशाल पहाडी, अनिता केसी, रुकु बिष्ट, किरण थापा, चन्द्रमान स्याङ्गतान, बिष्णु गिरी, विकास नेपाल, बिपिन्द्र थापा आदिको अभिनय रहेको छ ।
‘नदेखिएको जात’ चाडै नै दर्शकमाझ आउने र समाजमा संकुुचित भावनाबाट ग्रसितहरुको चेतना बृद्धिमा ठूलो सहयोग पुग्ने विश्वास निर्माणपक्षको छ भने राज्यले यो चलचित्र शहरदेखि ग्रामिण वस्तिहरुसम्म प्रदर्शनमा विशेष पहल गर्नुपर्ने माग उनिहरुको छ ।