सुचना, समाचार र मनोरन्जन

राष्ट्रिय परिचयपत्र हुनेले यसरी गर्न सकिन्छ मतदाता नामावली दर्ता

काठमाडौँ,

निर्वाचन आयोगले कात्तिक ३० गतेसम्म मात्रै मतदाता नामावली सङ्कलन गर्ने समय सीमा तोकेपछि निर्वाचन कार्यालयमा मतदाता परिचय पत्र बनाउनेको भीड लाग्न थालेको छ ।

तर मतदाता नामावलीमा नाम दर्ता गर्न अब राष्ट्रिय परिचय पत्र हुने नागरिक अब निर्वाचन आयोग जान नपर्ने भएको छ । राष्ट्रिय परिचय पत्र नम्बर भएका नागरिकले अनलाइनबाट नै मतदाता नामावलीमा नाम दर्ता गर्न मिल्ने निर्वाचन आयोगले जनाएको छ ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार राष्ट्रिय परिचय पत्र औपचारिक रूपमा नै मतदाता नामावलीमा जोडिएको छ ।

राष्ट्रिय परिचयपत्र हुनेहरू अब नाम, ठेगाना, जन्म मिति, पारिवारिक विवरण, नागरिकता प्रमाणपत्र आदि विवरण भरेर समय लिएर बायोमेट्रिक दिन सम्बन्धित निर्वाचन कार्यालय धाउन नपर्ने भएको हो ।

Leave A Reply

Your email address will not be published.