सुचना, समाचार र मनोरन्जन

सलोन बस्नेतले थाले फिल्म ‘रंगी’ सुटिङ,अभिनेत्रीमा नम्रता

काठमाडौं :

सान्भी इन्टरटेनमेन्ट प्रालिको व्यानरमा निर्माण हुने फिल्म ‘रंगी’ सुटिङ सुरु भएको छ। सलोन बस्नेत प्रस्तुतकर्ता रहने फिल्मको मङ्गलबारबाट सुटिङ सुरु भएको हो।

Chaka Panja

सुरेश न्यौपानेको ‘डेब्यू’ निर्देशन रहने फिल्ममा फिल्ममा सलोन बस्नेत, नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ, र विशाल पहारीको अभिनय रहनेछ । फिल्मको सुटिङ अवधि ३० दिनको रहने निर्माण पक्षले जनाएको छ।निर्देशक न्यौपानेसँग फिल्म ‘छक्का पन्जा’, ‘ए मेरो हजुर २’, ‘यात्रा’, ‘म यस्तो गीत गाउँछु २’, ‘कृ’लगायतका फिल्ममा मुख्य सहायक निर्देशनको अनुभव छ।

निर्माण पक्षले फिल्मको टाइटल पोस्टर सार्वजनिक गरिसकेको छ । जहाँ साइकलमा बसिरहेकी एक बालिका र उनीसँग खेल्दै गरेका एक पुरुष देखाइएको छ । उनीहरु बाबु छोरी रहेको अनुमान लगाउन सकिन्छ । पृष्ठभूमिमा सूर्यास्त हुँदै गरेको देखाइएको छ । फिल्मले बाबु छोरीको कथालाई चित्रण गर्ने अनुमान गर्न सकिन्छ।

सक्षम सुवेदीको निर्माण रहने फिल्ममा सुमन गजमेरको लेखन, सौरभ लामाको छायांकन, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको संगीत, कविराज गहतराज र शिशिर खातीको कोरियोग्राफी तथा केवलमान सिंह बस्नेतको प्रोडक्सन हुनेछ ।

Leave A Reply

Your email address will not be published.