सुचना, समाचार र मनोरन्जन

नारायण खतिवडाको शब्द सिर्जनामा रहेको गीत ‘स्वार्थी संसार’

काठमाडौं :

गीतकार नारायण खतिवडाको शब्द सिर्जनामा रहेको गीत ‘स्वार्थी संसार’ सार्वजनिक भएको छ। डिजिटल प्लेटफर्ममा सार्वजनिक गरिएको ‘स्वार्थी संसार’ गीतमा लक्ष्मण शेषको संगीत सिर्जना एवं स्वरुपराज आचार्यको स्वर रहेको छ।

लामो समयपछिको अन्तरालमा वरिष्ठ संगीतकार लक्ष्मण शेषको कमब्याक भएको छ । उक्त ‘स्वार्थी संसार’ गीतलाई नमस्ते नेपाल डिजिटल स्टूडियोबाट यू ट्युवमा र विभिन्न अन्तर्राष्ट्रिय अडियो तथा भिडियो प्लेटफर्म मार्फत अपलोड गरिएको छ। वास्तविक घटनामा आधारित एवम बहुसंख्यक मानिसहरूले समयक्रममा कुनै न कुनै अनुभव र घटना ब्यहोरेको भाव र सन्देश यस गीतमा रहेको छ।

पछिल्लो समय मानिसहरू आफ्नो स्वार्थको लागि जे पनि गर्न तयार हुने,लाभ र फाईदा लिने तर आफ्नो लुकेको स्वार्थ पूरा भएपछी कुल्चेर हिड्ने प्रवृत्तिलाई गीतमा प्रस्तुत गरिएको छ।

गीतकार नारायण खतिवडाको यसभन्दा पहिला पनि दर्जनौं गीतहरु बजारमा आएका छन् । सम्झनाका पाइलाहरू नामक गीति संग्रहमा एकसय नौ वटा गीतहरू समाबेश छन भने स्ववदेश छोडी, मनका कुरा, विन्दास, देखुँदेखुँ, सन्देश पुर्‍याइदेउ, मेरो कथा, चोखो चोखो, लगायतका दर्जनौं गीत बजारमा रहेका छन्। गीत, कविता, मुक्तक र समसामयिक लेख रचना विधामा कलम चलाउँदै आएका गीतकार नारायण खतिवडा सरकारी सेवामा हुनुहुन्छ।

सामाजिक परिवेश, वर्तमान परिस्थिति, समसामयिक घट्ना, प्रेम, बियोग तथा राष्ट्र र राष्ट्रियता पक्षलाई कलात्मक, रचात्मक तथा सन्देशमूलक भावसहित साहित्यमा उतार्न श्रष्टा गीतकार खतिवडाको पछिल्लो सिर्जना ‘स्वार्थी संसार’ पनि एउटा उदाहरणीय गीत बनेको छ।

खतिवडाको शब्द रचना, लक्ष्मण शेषको मौलिक संगीत सिर्जना र स्वरका धनी गायक स्वरूपराज आचार्यको गायनको त्रीपक्षीय संयोग मान्नु सकिन्छ ूस्वार्थी संसारू गीतलाई । संगीतको दुनियामा यस गीतले छुट्टै छाप सिर्जना गर्न सकोस हाम्रो पनि शुभकामना छ ।

Leave A Reply

Your email address will not be published.