सुचना, समाचार र मनोरन्जन

नारायणको ‘तिमिलाई नै’मा यसरी रमाए यसराज र प्रतिक्षा

काठमाडौं :

गायनमा आफ्नै छुट्टै पहिचान निर्माण गरेका गायक तथा संगीतकार नारायण थापाले नयाँ गीत सार्वजनिक गरेका छन्। दर्जनौ गीत स्रोता दर्शकमाझ पस्किएका उनले ‘तिमीलाई नै’गीतको भिडियो सार्वजनिक गरेका हुन्।

Pach Pandav

थापाकै स्वर र संगीतमा तपार पारिएको यस आधुनिक गीतमा वरिष्ठ रंगपत्रकार पत्रकार डब्बु क्षेत्रीले लेखेका हुन्। उनकै निर्देशनमा बनेको यस गीतको भिडियोलाई उनले उत्कृष्ट बनाउने कोसिस गरेका छन्। अभिनेता तथा मोडल यसराज गराच र प्रतिक्षा काफ्लेको अभिनय रहेको गीतको भिडियोलाई भरततालमा छायांकन गरिएको छ।

गीतको भाव अनुसार गीतको भिडियो बनेको भन्दै गायक तथा संगीतकार थापा उत्साहित छन्। उनी यो गीतको भिडियाबाट आफुलाई आत्मसन्तुष्टि मिलेको बताउँछन। गीतको भिडियोमा कृष्ण रसालको कोरियोग्राफर, वीरेन्द्र भाट ‘विपिन’को सम्पादन, प्रविण सुवेदीको छायांकन रहेको छ।

Leave A Reply

Your email address will not be published.