सुचना, समाचार र मनोरन्जन

नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालन

चितवन,
पहिरोका कारण एकतर्फी मात्र रहेको नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ ।
सडक डिभिजन कार्यालय भरतपुरका अनुसार चितवनको इच्छाकामना–५ स्थित तुइनखोला नजिकै पहिरो खसेपछि आज बिहान ९ बजेदेखि एकतर्फी मात्र सञ्चालनमा रहेको थियो । सडक डिभिजन कार्यालयको मेसिन प्रयोग गरी पहिरो पन्छाएपछि बिहान ११ः०० बजेदेखि सडक दुईतर्फी सञ्चालनमा आएको सडक सुपरभाइजर ईश्वर क्षेत्रीले जानकारी दिए ।
वर्षाको समयमा यस क्षेत्रमा  ढुंगा खस्ने जोखिम उच्च भएको हुदाँ सावधानीपूर्वक रोकेर हेरेर मात्र सुरक्षित यात्रा गर्न सडक डिभिजन कार्यालय भरतपुरले अनुरोध गरेको छ ।
Leave A Reply

Your email address will not be published.