Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- ‘किङ अफ पप’ माइकल ज्याक्सनको बायोपिकले रच्यो इतिहास: बक्स अफिसमा १ अर्ब डलर कमाउने पहिलो बायोपिक फिल्म
- प्रियंकाको ‘मास्टर्नी’ लाई दुर्गेशले दिए आफ्नै खर्चमा गीत उपहार
- १३ देशलाई पछि पार्दै नेपाली बालप्रतिभाको उत्कृष्ट प्रदर्शन, विश्वभर चम्कियो नेपालको नाम
- ‘गौँथली’ हेरेपछि कलाकार भन्छन्,‘ – ढुक्क हुनुस् सिनेमा चल्छ
- राष्ट्रपतिबाट बजेटसम्बन्धी तीन विधेयक प्रमाणीकरण
- राष्ट्रपतिबाट बजेटसम्बन्धी तीन विधेयक प्रमाणीकरण
- रासायनिक मलको आपूर्ति सहज बनाउन सांसदको माग
- रुकुमपश्चिमकाे पर्यटक लोभ्याउने ‘ठूली दह’
- नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा
- पहिरो पन्छाएर नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा
नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा
चितवन,
नारायणगढ–मुग्लिन सडकको १५ ठाउँमा खसेको पहिरो हटाएपछि सडक सुचारु भएको छ ।
सोमबार दिउँसोबाट सुरु भएको वर्षात्का कारणसाँझ ७ बजेबाट खस्न थालेको पहिरो बिहानसम्म जारी थियो । ती सबै स्थानमा झरेको पहिरो बिहान हटाइएपछि दुईतर्फी सवारी सञ्चालनमा आएको डिभिजन सडक कार्यालय भरतपुरका इञ्जिनियर अर्जुन घिमिरे जानकारी दिनुभयो । सडकमा खसेको पहिरो पन्छाउन राति नै दुई वटा लोडरसहितका उपकरण प्रयोग गरिएको थियो ।
इञ्जिनियर अर्जुन घिमिरेका अनुसार सो सडकखण्डको भतेरी, खोरखोला, १५ किलो, ११ किलो, १६ किलो, १९ किलो, सेतीदोभानका दुई ठाउँ, घुमाउने, सिमलतालका दुई ठाउँ, २५ किलो, जलविरे, नाम्सी खोला र तुईन खोलामा पहिरोबाट सडक अवरुद्ध भएको थियो । त्यसमध्ये सेतीदोभान पूर्णरुपमा सडक दुईतर्फी तथा अन्य ठाउँमा एकतर्फी अवरुद्ध थियो । राति १ बजेसम्ममा गाडी सञ्चालन गर्न सक्ने गरी पहिरो हटाइए पनि केही ठाउँमा पहिरो खसेको र खस्ने जोखिम भएकाले बिहानसम्म पर्खनु परेको थियो ।
सो सडकखण्डमा जुनसुकै बेला पहिरो खस्न सक्ने भएकाले रातिको समयमा सकेसम्म यात्रा नगर्न स्थानीय प्रशासनले आग्रह गरेको छ ।