
Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- मुखबाट कागको आवाज निकालेर रमेश दुलालले भेला पारे सयौँ काग
- तिहारको माहोलमा हेनी बेकरको ‘जाउ है’, बिधानको परिकल्पनामा बन्यो आकर्षक भिडियो
- गायनमा फर्किइन् विष्णु माझी,बसन्त थापाको अर्काे सहकार्यमा ‘फूल प्याउलीको’ गीत रिलिज
- महाकाव्यकार खेमनाथ दाहाललाई ‘टीका गोपाल राष्ट्रिय गीत-संगीत पुरस्कार-२०८३’ अर्पण
- चलचित्र ‘मोनालिसा ब्लडी लभ’ को फर्स्ट लुक मोसन पोस्टर सार्वजनिक,नेपाल र भारतियको लगानी
- दिउँसो १ बजेसम्म घोप्टेभिरको पहिरो पन्छाएर सडक सञ्चालन गर्ने तयारी
- अस्ट्रेलिया र जुम्लामा छायांकन हुने ‘हजुरबाले भनेथे’ को औपचारिक घोषणा
- तीन पात्रको रोचक संयोजनसहित ‘तिलस्मी’को पोस्टर सार्वजनिक
- ‘सिन्दुरे जात्रा’को गीतमा अञ्जना र विजयको नृत्य
- ‘तिरिमिरी झ्याइँ’को पोस्टर सार्वजनिक, माघ २८ मा प्रदर्शनको घोषणा
नारायणी नदीमा आपतकालिन तटबन्ध निर्माण गरिने
चितवन,
नारायणी नदी किनारमा वर्षातमा बाढीले क्षति पु¥याउन सक्ने ठाउँमा आपतकालिन तटबन्ध गर्न बोलपत्र आह्वान गरिएको छ । सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना भरतपुरले चितवनतर्फको भागमा तटबन्ध गर्न रु १६ करोड ५० लाख बराबरको बोलपत्र आह्वान गरेको हो ।
आयोजनाका सूचना अधिकारी सागर पौडेलका अनुसार तीन प्याकेजमा बोलपत्र आह्वान गरिएको छ । भरतपुर महानगरपालिका–१६ को सिद्धि गणेश मन्दीर नजिक तटबन्ध गर्न बोलपत्र आह्वान गरिएको छ । यस्तै महानगरपालिकाकै वडा नम्बर १७ को मजुवा र बाढीको बढी जोखिम देखिएका ठाउँमा तटबन्ध गर्र्ने तयारी छ । सूचना अधिकारी पौडेलका अनुसार आउँदो वर्षको जेठ २५ गतेसम्म काम सम्पन्न गर्ने गरी बोलपत्र आह्वान गरिएको हो ।

सिद्धि गणेश मन्दीर वरपर तटबन्ध भत्किएको छ भने मजुवा क्षेत्रमा तटबन्ध गर्न बाँकी छ । यो बजेटबाट ५०० मिटर मर्मत एवं नयाँ तटबन्ध निर्माण गरिने छ । यसअघि चितवनतर्फको ३५ किलोमिटर नारायणी किनारमध्ये २० किलोमिटर क्षेत्रमा तटबन्ध हुँदै छ । यसै आर्थिक वर्षमा मनसुनजन्य विपत् शिर्षकमा रु पाँच करोडको लागतमा भरतपुर महानगरपालिका–२८ को तामाङ् टोलमा तटबन्धको काम भइरहेको छ ।
वर्षातमा नारायणीमा पानीको सतह बढेसँगै हुन सक्ने क्षतिको आँकलन गरी तटबन्ध मर्मत र नयाँ टतबन्ध निर्माणका लागि बजेट निकासा गरिएको हो । निर्वाचनको समयमा चितवन क्षेत्र नम्बर ३ मा मतदाताकहाँ पुग्दा कानुनमन्त्री सोविता गौतमसँग नदी तटिय क्षेत्रका बासिन्दाले तटबन्धको माग गरेका थिए ।
मन्त्री गौतमले नारायणी नदी तटिय क्षेत्रमा बसोबास गर्ने बासिन्दाले भोगिरहेको जोखिम, बाढीजन्य क्षतिलगायतका समस्याका कारण नारायणी पुलदेखि गोलाघाटसम्मका अत्यन्त जोखिमयुक्त स्थानमा मनसुनबाट हुनसक्ने विपद्को पूर्वतयारीस्वरूप तटबन्ध निर्माणकार्य गर्न लागिएको बताउनुभयो । स्थानीयले पटक–पटक गुनासो तथा ध्यानाकर्षण गराउँदै आएकाले यसलाई मध्यनजर गर्दै सङ्घीय बजेट व्यवस्थापन भई सोमबार बोलपत्र आह्वान गरिएको उहाँले बताउनुभयो । तटबन्ध गर्न बाँकी रहेका ठाउँमा आगामी वर्ष बजेट बिनियोजन गरी काम अघि वढाउन सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराएको उहाँले जानकारी दिनुभयो ।
Prev Post