काठमाडौं :
निर्देशक राजु श्रेष्ठको निर्देशनमा फिल्म ‘नौ डाँडा काटेर’निर्माण हुने भएको छ। मंगलबार निर्माण टिमले उक्त फिल्मको निर्माण घोषणा गरेको हो।

सिनेमा पाठशालाको ब्यानरमा निर्माण हुने ‘नौ डाँडा काटेर’लाई अनिल कुमार बुढाथोकीले निर्माण गर्नेछन्। ईश्वर बल्लभ उप्रेती कार्यकारी निर्मातामा रहेको यस फिल्ममा लाइन प्रोड्युसरको जिम्मेवारी सुरज कुमारले सम्हाल्नेछन्।
फिल्मको कथा तथा पटकथा रंग पत्रकार एवं फिल्म निर्माता रघुनाथ सापकोटाले तयार पार्नेछन्। निर्देशक श्रेष्ठले फिल्मका अन्य कलाकार तथा प्राविधिक टोलीका बारेमा भने आफ्नो हाल निर्माणाधीन फिल्म ‘कंगाल करोडपति’को छायांकन प्याकअप भएपछि जानकारी दिने बताए।