पोखरा :
नेपाल हेभी ईक्विपमेन्ट व्यवसायी महासंघ, गण्डकी प्रदेश समितिको अध्यक्षमा पुनः अमृत घिमिरे निर्वाचित भएका छन्। पोखरामा शोमवार सम्पन्न दोस्रो साधारण सभा एवं प्रथम अधिवेशनबाट घिमिरेको नेतृवमा नयाँ नेतृत्व सर्वसम्वत चयन भएको हो ।
समितिको उपाध्यक्षमा बालकृष्ण कोइराला, महासचिवमा भिमसेन क्षेत्री (भीम केसी) र कोषाध्यक्षमा लिला मोहन कुइकले चयन भएका छन्। यस्तै सदस्यहरुमा मंगल कुमाल, उमानाथ आचार्य र प्रेमबहादुर घिमिरे चयन भए।
निर्वाचन पहिलो भएको दोस्रो साधारण सभा एवं प्रथम अधिवेशनको उद्याटन शत्रमा नेपाल हेभी ईक्विपमेन्ट व्यवसायी महासंघका अध्यक्ष उमाकान्त शर्माको प्रमुख आतिथ्यता रहेको थियो।
शर्माले हेभी ईक्विपमेन्ट चालकको लाइसेन्स खुल्न नसक्दा व्यवसायी समस्यामा परेको बताए। सातै प्रदेशमा यातायात कार्यालय भए पनि लाइसेन्सको परिक्षाका लागि काठमाडौँ धाउनुपरेको उनले गुनासो गरे । सवारीको नामसारी र करका समस्यामा व्यवसायी परेको शर्माको भनाई थियो।
अध्यक्ष शर्माले व्यवसायलाई माथी उठाउन देशभरका व्यवसायीलाई एकिकृत गरेर सहकार्य गरिने बताए। त्यसका लागि महासंघले आधिकारीक वेभसाइट निर्माण गरिरहेको उनले जानकारी दिए।
नेपालमा हेभी ईक्विपमेन्टको डिपो संचालन गरिरहेको पोखराको व्यवसायीक घराना अटो वेज प्रालिका संचालक नारायण पैडेलले बजारको माग अनुसारका नयाँ नयाँ इक्विपमेन्टहरु उपलब्ध गराईरहेको बताए। गण्डकी प्रदेशमा ६० प्रतिशत मार्केट अटो वेजले लिएको उनले जानकारी दिए।
कार्यक्रममा नेपाल हेभी ईक्विपमेन्ट व्यवसायी महासंघका संस्थापक अध्यक्ष डा. ताराबहादुर कुँवर, निवर्तमान अध्यक्ष प्रेमलाल श्रेष्ठ, नेपाल उद्योग व्यापार महासंघ गण्डकीका अध्यक्ष जनक पराजुली, अटो वेज प्रालिका कार्यकारी अधिकृत सन्ध्या पौडेलले भनाई राखेका थिए ।
नेपाल हेभी ईक्विपमेन्ट व्यवसायी महासंघ, गण्डकी प्रदेश अध्यक्षमा अमृत घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल हेभी ईक्विपमेन्ट व्यवसायी महासंघ कास्कीका अध्यक्ष बालकृष्ण कोइरालाले स्वागत मन्तब्य राखेका थिए भने कास्कीका सचिव भीमसेन केसी (भिम)ले कार्यक्रम संचालन गरेका थिए ।