सुचना, समाचार र मनोरन्जन
Sarangi

दीर्घकालीन असर प्रभाव पार्ने कार्य नगर्न नेपाल टेलिभिजनलाई सञ्चार मन्त्रालयको निर्देशन

काठमाडौँ/

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल टेलिभिजनलाई दीर्घकालीन असर प्रभाव पार्ने कार्य नगर्न निर्देशन दिएको छ ।

टेलिभिजनलाई पत्र लेख्दै मन्त्रालयले सार्वजनिक सेवा प्रसारण ऐन, २०८१ जारी भइसकेकाले संस्थालाई दीर्घकालीन दायित्व पर्ने र दीर्घकालीन असर प्रभाव पार्ने कार्य नगर्न र गर्नुपर्ने अवस्था भए मन्त्रालयको पूर्व स्वीकृति लिएर मात्र गर्न निर्देशन दिएको हो ।

यस्तै सार्वजनिक सेवा प्रसारण ऐन, २०८१ को कार्यान्वयनको लागि सार्वजनिक सेवा प्रसारण नियमावली तर्जुमाको क्रममा रहेकाले नियमावलीमा समावेश गर्नुपर्ने कुनै विषय भए लिखित रूपमा मन्त्रालयमा उपलब्ध गराउन पनि भनिएको छ ।

नेपाल टेलिभिजन र रेडियो प्रसार सेवा विकास समिति (रेडियो नेपाल) लाई गाभेर सार्वजनिक सेवा प्रसारण संस्था स्थापना हुँदैछ ।

Leave A Reply

Your email address will not be published.