सुचना, समाचार र मनोरन्जन

सुगम पोखरेलले नयाँ गिती संग्रह ‘नवमी’ सार्वजनिक गरे

काठमाडौं :

दशैँको नवमीको दिन पारेर गायक सुगम पोखरेलले नयाँ गिती संग्रह ‘नवमी’ सार्वजनिक गरेका छन्। गिती संग्रह ‘नवमी’ सुगम को ९ औँ संग्रह हो।संग्रहमा ९ वटा गीतहरु समाबेश गरिएको छ। क्यासेटको जस्तै स्वरुप दिएर निकालिएको उक्तलाई संग्रह पेन ड्राइवको मार्फत सुन्न सकिन्छ। गीत संगीत इन्टरनेट बाट सुन्न सकिने भएपनि आफुले नया केहि प्रयास स्वरुप पुरानो क्यासेट को स्वरुपमा निकालिएको सुगम बताउँछन।

Pach Pandav

झट्ट हेर्दा क्यासेट जस्तो देखिएपनि पेन ड्राइवमार्फत सुन्न सकिने सुगमले बताए। उक्त गीत मा शब्द सङ्गीत सुगम स्वयं को रहेको छ भने संगीत संयोजन शिवम रसाइलीले गरेका छन्। आफ्नो फरक प्रस्तुति सहित भिडियोमा प्रस्तुत भएका सुगमलाई कलाकारहरु सुनिता शेरचन, ममता प्रसाई र जेबिशा दाहालले साथ् दिएका छन्।

गीतको म्युजिक भिडियो लाई अल्टिमेट सिजापति ब्यानर ले बनेको हो।गीतको म्युजिक भिडियो उनको आफ्नै युटुब मार्फत हेर्न सकिन्छ। आफ्ना अन्य गीत जस्तै यो गीतलाई पनि सबै दर्शक श्रोताहरु ले मन पराउनु हुन्छ भन्ने आशा सुगमले गरेका छन्।

Leave A Reply

Your email address will not be published.