सुचना, समाचार र मनोरन्जन

नेपाली कांग्रेस महाधिवेशनः मतदान सुरू

काठमाडौँ,
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान सुरू भएको निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार आज अपराह्न ३ः०० बजेसम्म मतदान हुनेछ ।
Chaka Panja
महाधिवेशनमा सात हजार ३१७ प्रतिनिधिले मतदान गर्नेछन् । अहिले राष्ट्रियसभा गृह, मतदान केन्द्र ‘क’ बागमती प्रदेशको मतदान भइरहेको छ भने खुलामञ्च, मतदान केन्द्र ‘ख’ मा कोशी, गण्डकी, मधेस  लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश तथा नेपाली जनसम्पर्क समिति र भ्रातृ संस्थातर्फका प्रतिनिधिको मतदान भइरहेको छ । मतदान सकिएपछि आजै मतगणना गरिने छ ।
Leave A Reply

Your email address will not be published.