पोखरा /
नेपाली युवा मञ्च पोखरा र गण्डकी विश्वविद्यालय बीच सम्झौता भएको छ । शिक्षा र उद्धमशिलताको विकासमा सहकार्य गर्ने उद्देश्य सहित दुई संस्थाबीच सहमति भएको हो ।
सम्झौता पत्रमा गण्डकी विश्वविद्यालयका कुलपति गणेशमान गुरुङ र नेपाली युवामञ्च पोखराका अध्यक्ष निरन केसीको हस्ताक्षर छ । उद्यमशिलतामा नयाँ आयाम थप्न र भावी योजनाहरु तर्जुमा गर्न सम्झौताले महत्वपूर्ण भूमिका खेल्ने विश्वास कुलपति गुरुङको छ ।
युवा व्यवसायीलाई पलायनबाट रोक्ने उद्देश्य सहित संचालित युवा उद्यमी मञ्चले युवा लक्षित कार्यक्रम गर्दै आएको छ । युवा उद्यमीहरुलाई एक्यबद्ध बनाएर देशको अर्थतन्त्र विकासमा टेवा पुर्याउने लक्ष्य मञ्चको रहेको अध्यक्ष केसीले उल्लेख गरे ।
गण्डकी विश्वविद्यालयसँगको सम्झौताले नेपाली युवाहरु विदेश पलायन हुनबाट रोक्न मदत पुग्ने केसीले बताए । युवाहरुलाई उद्यमशिलतामा प्रेरित गर्न सम्झौता सहायक सिद्ध हुने भनाई उनको छ ।
गण्डकी विश्वविद्यालयमा आबद्ध विद्यार्थीलाई उद्यमशिलता सम्बन्धि विविध कार्यक्रममा सँगै लिएर हिड्ने युवा मञ्चको प्रतिबद्धता छ ।