सुचना, समाचार र मनोरन्जन
IVF New Banner

घर–घरमा स्वास्थ्य सेवा पुर्‍याउनुपर्छ: महामन्त्री थापा

काठमाडौँ/

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले घर घरमा स्वास्थ्य सेवा पुर्‍याउनुपर्ने आवश्यकता रहेको बताएका छन् । बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले बाथ रोगको जनचेतना फैलाउन सबै मिलेर लाग्नुपर्ने पनि उनले बताए ।

Safal
IVF Post

महामन्त्री थापाले मान्छे बिरामी भएपछि उपचार लिन आउने केन्द्र बनाउनु भन्दा घर घरमै स्वास्थ्य सेवा पुर्‍याउने हो भने अस्पताल आउनुपर्ने मानिस घट्ने बताए । उनले ६०/७० लाख जति मानिसलाई बाथ रोग भएको हुनसक्ने अनुमान रहेको भन्दै यो डरलाग्दो रहेको बताए ।

महामन्त्री थापाले घरघरमा स्वास्थ्य सेवा काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ का विभिन्न वडा र क्षेत्रमा गरिने बताए ।

Leave A Reply

Your email address will not be published.