सुचना, समाचार र मनोरन्जन

ब्याण्ड नेपथ्यको पुस्तक सार्वजनिक गरिदै

काठमाडौं :

नेपालको लोकप्रिय लोकरक ब्याण्ड नेपथ्यको पुस्तक सार्वजनिक हुने भएको छ। नेपाली स्रोताले सुन्दै आएको यो ब्राण्डलाई अबपढिने सामग्रीका रुपमा पुस्तक सार्वजनिक गर्न लागेको हो।

आफ्नो स्थापनाको साढे तीन दशकपछि नेपथ्यको जीवनीमा आधारित पुस्तक तयार पारिएको हो। यो पुस्तकको अग्रिम बुकिङ योजना सन् २०२५ को प्रारम्भकै दिन बुधबारदेखि खुला हुँदैछ। ब्याण्डका संस्थापक एव.म् गायक अमृत गुरुङले आजसम्म अनेक जिज्ञासाको जवाफ दिंदै आएको र ‘आजसम्म नसोधिएका थुप्रै प्रश्नको जवाफ यो पुस्तकले दिने जानकारी दिएका छन्।

पुस्तकमा नेपथ्यको जन्म, उतारचढाव तथा गीतको खोजीमा गरिएका संघर्षको अनुभव पढ्न सकिने छ भने संगीतबाट आर्जित लोकप्रियतालाई नेपाली समाजको समग्र हितमा कसरी उपयोग गर्न सकिन्छ भनेर गरिएका प्रयत्नको जानकारी पनि पुस्तकले दिने छ।

पुस्तकलाई ब्याण्डसँगको दुई दशक लामो संगत र अनुभव बटुलेका गिरीश गिरीले यो किताब लेखेका हुन्। लेखक गिरीको अनुवादमा आनी छोइङ डोल्माको जीवनी ‘फूलको आँखामा’ र कुलचन्द्र गौतमको ‘आत्मकथा’ प्रकाशित छन् । साथै उनी ‘वीरगञ्ज’ मेरो सहरको कथा’ र ‘सत्यमोहन’ पुस्तकका पनि लेखक हुन्।

Leave A Reply

Your email address will not be published.