सुचना, समाचार र मनोरन्जन

बिहीवार शेयर बजार परिसूचक नेप्से ४९ दशमलव १५ अङ्कले बढ्यो

काठमाडौं/

बिहीवार शेयर बजार परिसूचक नेप्से ४९ दशमलव १५ अङ्कले बढेर २ हजार ८ सय १५ दशमलव ०४ विन्दुमा पुगेको छ । नेप्से आज ६ महिनायताकै उच्च विन्दुमा पुगेको हो । यसअघि गएको भदौ १८ गते नेप्से २ हजार ८ सय ३० विन्दुमा पुगेको थियो ।

आज सबै समूहको शेयर बढेकोमा बैंक समूह ३ प्रतिशतभन्दा धेरै र उत्पादन समूह झन्डै ३ प्रतिशतले उकालो लागेको छ ।

आज गार्डियन माइक्रो लाइफ इन्सुरेन्स, अपर हेवा खोला जलविद्युत्, सिन्धु विकास बैंक, दोर्दी खोला जलविद्युत् कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । बजार उच्च अङ्कले बढेको दिन भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको शेयर भने ७ प्रतिशतभन्दा धेरैले घटेको छ ।

आज कारोबार रकम पनि बढेको छ । अघिल्लो कारोबार दिन गएको मङ्गलवार ९ अर्ब ९० करोडको शेयर कारोबार भएकोमा आज ३ सय वटा कम्पनीका २ करोड ६१ लाख कित्ता शेयर ११ अर्ब ३९ करोड रुपैयाँमा कारोबार भएका छन् ।

Leave A Reply

Your email address will not be published.