सुचना, समाचार र मनोरन्जन

नेप्से १० दशमलव ९८ अङ्कले बढेर दुई हजार सात सय पाँच दशमलव ८१ विन्दुमा

काठमाडौँ,

शेयर बजार परिसूचक नेप्से आज १० दशमलव ९८ अङ्कले बढेर दुई हजार सात सय पाँच दशमलव ८१ विन्दुमा पुगेको छ ।

आज होटल तथा पर्यटन, जलविद्युत्, लगानी, लघुवित्त र व्यापार उप समूहको शेयर घटेको छ । बाँकी समूहको शेयर बढेकोमा फाइनान्स उपसमूहको शेयर ४ प्रतिशत भन्दा धेरैले बढेको छ । आज नेपाल फाइनान्स समुहको शेयर झन्डै १० प्रतिशतले बढेको छ ।

समग्रमा बजार बढे पनि सप्तकोशी विकास बैंकको शेयर १० प्रतिशतले घटेर नकरात्मक सर्किट लागेको छ । आज कारोबार रकम भने हिजोको तुलनामा केही घटेको छ । हिजो नौ अर्ब ७४ करोड रुपैयाँको कारोबार भएकोमा आज तीन सय ११ वटा कम्पनीका दुई करोड ४९ लाख कित्ता शेयर नौ अर्ब ६४ करोड रुपैयाँमा किनबेच भएको छ ।

Leave A Reply

Your email address will not be published.