नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विधिबाटै नेतृत्व हस्तान्तरण गर्ने उद्घोष गरेका छन् ।
युवा पुस्ताले रुपान्तरण चाहिरहेका बेला प्रचण्डले आफ्नो पार्टीमा नेतृत्व हस्तान्तरण विधिबाटै हुने बताएका हुन् ।
एक केन्द्रीय सदस्यका अनुसार नेतृत्व सँधै अध्यक्षकै हातमा हुनुपर्छ भन्ने नरहेको उल्लेख गर्दै उनले कसैले कसैलाई ल नेतृत्व गर भनेर पनि नेतृत्व हस्तान्तरण नहुने बताएका छन् ।
‘विधिबाटै नेतृत्व हस्तान्तरण हुन्छ’ प्रचण्डको उद्घोष छ ।
यी लगायतका विाय समेटेर प्रचण्डले आफ्नो सम्बोधन सकाएका छन ।
प्रचण्डपछि वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ बोलिरहेका छन् । अनय पदाधिकारीले समेत बोल्न चाहे पाउनेछन् ।
त्यसपछि प्रदेश अध्यक्षबाट रिर्पोटिङ लिने र समूहगत छलफल गरेर बैठक सकाउने माओवादीको तयारी छ ।