सुचना, समाचार र मनोरन्जन

नेवा खल कचा पृथ्वीचोकको नेतृत्वमा उत्सव मुल्मी

पोखरा,

नेवा खल कचा पृथ्वीचोकको अध्यक्षमा उत्सव मुल्मी चयन भएका छन् । शनिबार भएको २२ औं साधरण सभा, ११ औं अधिवेशनले मुल्मीलाई चयन गरेको हो।

संस्थाको उपाध्यक्षमा कृष्णकुमार मुल्मी, सचिव मोतिप्रसाद श्रेष्ठ, सह–सचिव रामप्रसाद मुल्मी, कोषाध्यक्षमा बद्रीप्रसाद श्रेष्ठ चयन भएका छन । त्यस्तै कार्यसमिति सदस्यमा राजिव मुल्मी, हरि बिजुक्छे, रविन्द्र श्रेष्ठ, इश्वर कुमार श्रेष्ठ, श्याम बहादुर श्रेष्ठ, सुनिता पालिखे, बबिता राज भण्डारी, सुर्य, श्रेष्ठ तथा कुल बहादुर श्रेष्ठ रहेका छन ।

कार्यक्रममा नेवा खल कास्कीका अध्यक्ष अशोक पालिखको प्रमुख आतिथ्यता रहेको थियो । उक्त अवसरमा पालिखेले गौरवपूर्ण वर्षहरु पार गरेकोमा शुभकामना व्यक्त गर्दै भावि दिनहरुमा थप उदाहरणीय कार्यहरु सम्पन्न गर्ने विश्वास व्यक्त गरे । रजत जयन्तीको अवसरमा संस्थापक सल्लाहाकार तथा नेवा खल कास्कीका निवर्तमान अध्यक्ष प्रकाशमान पालिखेलाई सम्मान समेत गरिएको छ । साथै मिसा पुच पृथ्वीचोकले संस्थापक कार्यसमिति तथा पूर्व अध्यक्षहरुलाई सम्मान गरेको थियो ।

संस्थाका अध्यक्ष रेशमबावु श्रेष्ठको अध्यक्षता रहेको कार्यक्रमको सहजीकरण सचिव कृष्ण मुल्मीले गरेका थिए ।

Leave A Reply

Your email address will not be published.