सुचना, समाचार र मनोरन्जन

प्रजातन्त्रवादी प्राध्यापक संघमा शुभकामना आदानप्रदान

पोखरा/

प्रजातन्त्रवादी प्राध्यापक संघ, पृथ्वीनारायण क्याम्पस पोखराको आयोजनामा बिहीबार आसन्न चाडपर्वलाई लक्षित गरी शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा पृथ्वीनारायण क्याम्पस पोखरामा अध्यापन गर्ने प्राध्यापकहरुबिच शुभकामना आदानप्रदानका साथै पृथ्वीनारायण क्याम्पस र समग्र विश्वविद्यालयका गतिविधिका विषयमा विमर्श भएको थियो ।

कार्यक्रममा प्राध्यापकहरुले आआफ्नो ठाउँबाट प्राज्ञिक उन्नयनमा निरन्तर लागेर समाजलाई दिशाबोध गर्नुपर्नेमा प्रजातन्त्रवादी प्राध्यापक सङ्घका केन्द्रीय उपाध्यक्ष श्री कमलराज सापकोटाले जोड दिए । यसैगरी प्राध्यापक संघ पृथ्वीनारायण क्याम्पसका सभापति डा. लक्ष्मीशरण अधिकारीले प्राध्यापकहरुका पेसागत हकहितका लागि प्राध्यापक संघले निरन्तर कार्य गरेको जनाए ।

त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघका केन्द्रीय सदस्य श्री कमलराज पौडेलले विश्वविद्यालयमा देखिएका विकृति अन्त्य गरी विश्वविद्यालयको गरिमा बढाउन सम्बन्धित सबै पक्ष लाग्नुपर्ने बताए। प्रगतिशील प्राध्यापक संगठन पृथ्वीनारायण क्याम्पसका सभापति श्री नवीन अधिकारीले प्राध्यापकका साझा सवालमा मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे । पृथ्वीनारायण क्याम्पस प्राध्यापक संघका पूर्व अध्यक्ष डा।यामनाथ तिमिल्सिनाले प्रजातन्त्रवादी प्राध्यापक संघलाई धन्यवाद दिँदै आसन्न पर्वहरुका सन्दर्भमा शुभकामना दिए ।

कार्यक्रममा सहभागी प्राध्यापकहरुले शिक्षा क्षेत्रमा देखिएका समस्या र समाधानका विषयमा सुझाव दिनुभयो । प्रजातन्त्रवादी प्राध्यापक संघ पृथ्वी नारायण क्याम्पसका अध्यक्ष डा। देवीलाल शर्माको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव श्री कृष्णप्रसाद त्रिपाठीले गरेका थिए।

कार्यक्रममा स्वागत मन्तव्य श्री सनतकुमार श्रेष्ठ, प्राविधिक सहयोग श्री मदनराज बराल र खाजा सौजन्य श्री भीम नाथ बरालले गरेका थिए । कार्यक्रममा करिब सयजना प्राध्यापकको सहभागिता सहभागिता रहेको उपप्राध्यापक विष्णुप्रसाद शर्माले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.