सुचना, समाचार र मनोरन्जन

इजरायलबाट उद्धार गरिएका नागरीकलाई नेपाल ल्याइयो

काठमाडौँ/

द्वन्द्वग्रस्त मुलुक इजरायलबाट उद्धार गरिएका नेपालीलाई नेपाल ल्याइएको छ । शुक्रवार बिहान करिब ३ बजे उनीहरु काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन् ।

Gokarna Karki

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको चार्टर उडान लिएर परराष्ट्रमन्त्री एनपी साउद स्वयं बिहीबार इजरायल पुगेका थिए । इजरायलका विभिन्न स्थानबाट उद्धार गरिएका २५४ नेपालीलाई लिएर फर्किएको विमान शुक्रबार बिहान काठमाडौँ अवतरण भएको हो ।

निगमको आरए २२९–२३५३ जहाज वरिष्ठ क्याप्टेन श्रवण रिजालको नेतृत्वको टोलीले उठाएको थियो ।

परराष्ट्रमन्त्री एनपी साउदले आज नेपाल एयरलाइन्सको चार्टर उडानमार्फत २५४ जना नेपालीलाई स्वदेश ल्याइएको बताएका छन् । बाँकी अन्य नेपालीहरुलाई स्वदेश ल्याउन पनि आवश्यकताअनुसार इजरायल जहाज पठाउन सकिने मन्त्री साउदले सञ्चारकर्मीलाई बताए ।

उनले मन्त्रिपरिषद्ले नै यसका लागि आवश्यक निर्णय गरिसकेको बताउँदै नियमित र चार्टर उडानमार्फत नेपालीहरुलाई स्वदेश ल्याइने प्रतिबद्धता जनाए । उनका अनुसार नेपाली दूतावासको अनलाइन प्रणालीमा ५५७ जनाले आफ्नो विवरण उपलब्ध गराएका छन् । जसमध्ये ५०३ जनाले नेपाल फर्किन अनुरोध गरेकामा आज २५४ जना स्वदेश फर्किएका हुन् ।

Leave A Reply

Your email address will not be published.