सुचना, समाचार र मनोरन्जन
IVF New Banner

एनसिएससीले खेलकुदका क्षेत्रमा योगदान गर्नेलाई सम्मान गर्ने

नेप्लिज क्यानेडियन स्पोर्टस काउन्सिल (एनसिएससी) ले क्यानाडा पुगेका बिध्यार्थी र नवआगन्तुकहरूलाई स्वागत गर्ने साथै मिसिसागामा खेलकुदका क्षेत्रमा योगदान गरेका ६ जना व्यक्तित्वहरूको सम्मान गर्ने भएको छ।

लाली गुराँस स्पोर्टस एन्ड कल्चर क्लब, ब्रामसागा युनाइटेड, नेपाली क्यानेडियन क्रिकेट क्लब, ब्रदरहुड एफसी, हिमालयन डायनामोज एफसी, नेपाली पिल एफसी र बुद्ध एफसीको सात वटा खेलकुद क्लबहरूको नेप्लिज क्यानेडियन स्पोर्टस काउन्सिल (एनसिएससी) ग्रेटर टोरन्टो एरिया (जिटिए)  का सात वटा खेलकुद क्लबहरूको नवगठित छाता संगठन हो।

क्लबहरूलाई उनीहरूको खेलकुद गतिविधि र प्रतियोगितामा सहयोग गर्नुका साथै ति क्लबले गर्ने खेल गतिबिधिका समय तालिकामा हुने द्वन्द्वबाट बच्नका लागि काउन्सिल गठन गरिएको जनाएको छ।

Exchange and test

‘स्पोर्स टुगेदरु भन्ने नारासहितको कार्यक्रममा नेपाली युवाहरूमा खेलकुद प्रवद्धन गर्न महत्वपूर्ण भूमिका खेलेका र जिटीएमा सामुदायिक खेलकुदमा योगदान पुर्याउने ६ जना व्यतित्वलाई अवार्ड प्रदान गर्ने कार्यक्रम रहेको छ। अवार्ड प्राप्त गर्ने व्यक्तिहरूको नामको टुङ्गो लागिसकेको भए पनि कार्यक्रमका बेलामा सार्वजनिक गरिने आयोजकले जनाएको छ।

कार्यक्रमको सन्दर्भमा हामीले सबै आवश्यक कार्यहरू पूरा गरीसकेका छौ। यस किसिमको कार्यक्रमले पक्कै पनि खेलकुदलाई प्रोत्साहन गर्ने र हाम्रा युवाहरुमा विभिन्न खेलहरुप्रति गहिरो रुचि बढाउने विश्वास लिएको जानकारी लाली गुराँस स्पोर्टस क्लबका अध्यक्ष क्रिजल अधिकारीले दिए। त्यस अवसरमा सहभागी भई कार्यक्रममा सहभागी हुनका लागि काउन्सिलले सम्पूर्ण खेलप्रेमी तथा प्रेमीहरूलाई निमन्त्रणा गरेको छ।

कार्यक्रम डीसेमबर २५ मा स्वागत ब्यानक्वेट हल मिस्सीस्वागामा हुदै छ ।

Leave A Reply

Your email address will not be published.