सुचना, समाचार र मनोरन्जन

हर्क साम्पाङको कार्यकक्षमा यलम्बरको तस्वीर

काठमाडौँ/

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो कार्यकक्षमा किराती राजा यलम्बरको तस्वीर राखेका छन् । उनले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत् यलम्बरको तस्वीर राख्ने जानकारी दिएका थिए ।

‘भोलि म राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर यलम्बरको फोटो राख्दैछु १ जुन दिन केन्द्रले धरानलाई महत्व दिन्छ त्यो दिन पुनः उनीहरुको फोटो टाँस्नेछु! जय देश !’, मेयर साम्पाङले लेखेका थिए ।

गैरदलीय उम्मेदवारी दिएर मेयर जितेका साम्पाङले केही दिनयता संघीय सरकारविरुद्ध कडा शब्दमा स्टाटस लेख्दै आएका थिए । बुधबार मात्रै उनले लेखेका थिए, ‘लडेर प्राप्त गर्ने अवस्थालाई अधिकार भनिन्छ १ दयाले दिइएको त भिक्षा हो १’

कार्यकक्षमा यलम्बरको तस्वीर राखेकोमा भन्दा पनि राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तस्वीर हटाएकोमा उनको विरोध भइरहेको छ । धरानका राजनीतिक दलहरुले संयुक्त बक्तव्य जारी गरी मेयर साम्पाङको कदमप्रति आपत्ति जनाएका छन् ।

नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीले साम्पाङलाई निर्णय सच्याउन आग्रह गरेका छन् ।

Leave A Reply

Your email address will not be published.