सुचना, समाचार र मनोरन्जन

सिक्किमदेखि दार्जिलिङसम्म अनमोल केसीको दबदबा

काठमाडौं :

अभिनेता अनमोल केसीभुवन केसी भारतमा आयोजित फिल्म ‘जेरी अन टप’को प्रिमियर तथा प्रवर्द्धन कार्यक्रममा आकर्षणका केन्द्र बनेका छन्। २०८२ सालको हिट फिल्म ‘जेरी अन टप’ शुक्रबारदेखि भारतमा प्रदर्शनमा आएसँगै दुवै कलाकार त्यहाँ पुगेका हुन्।

नेपालीभाषी बहुल राज्य सिक्किममा आयोजित रेडकार्पेट प्रिमियरमा अनमोल र भुवनप्रति दर्शकको उत्साह उल्लेख्य देखिएको थियो। प्रिमियरमा सहभागी दर्शकले उनीहरूसँग तस्वीर खिच्ने र शुभकामना दिने क्रम चलेको थियो।

त्यसपछि कलाकारद्वयले पश्चिम बंगालका दार्जिलिङ र सिलिगुडीमा हल भिजिट गर्दै दर्शकसँग प्रत्यक्ष भेटघाट गरेका थिए। व्यवस्थापक नीराजन गिरीका अनुसार ती स्थानमा विशेषगरी अनमोलप्रति युवापुस्ताको क्रेज उच्च देखिएको छ।

फिल्म प्रवर्द्धनका लागि गोवा जाने तयारी रहेपनि स्वदेशमा निर्वाचनको व्यस्तताका कारण टोली काठमाडौं फर्किएको छ। मतदानपछि पुनः भारतमै प्रवर्द्धन कार्यक्रम गर्ने तयारी रहेको जनाइएको छ।

सुयोग गुरुङ निर्देशित ‘जेरी अन टप’ अनमोल केसीको करिअरकै सर्वाधिक ग्रस कलेक्सन गर्ने फिल्म हो। भारत प्रदर्शनसँगै कलाकारहरूले अन्तर्राष्ट्रिय बजारमा समेत नेपाली फिल्मको उपस्थितिलाई बलियो बनाउने अपेक्षा गरिएको छ।

Leave A Reply

Your email address will not be published.