सुचना, समाचार र मनोरन्जन

६ किसिमका परिचयपत्र मार्फत मतदान गर्न सकिने

निर्वाचन आयोगले ६ किसिमका परिचयपत्रमार्फत मतदान गर्न दिने व्यवस्था गरेको छ । आयोगका सूचना अधिकारी सुमन घिमिरेले मतदाता नामावलीमा नाम भएकाहरूले ६ किसिमका परिचयपत्रमार्फत मतदान गर्न सक्ने बताए ।

उहाँकाअनुसार आयोगले उपलब्ध गराएको मतदाता परिचयपत्र भए त्यही प्रयोग गर्नुपर्ने त्यो नभएको अवस्थामा नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, सवारी चालक अनुमतिपत्र वा जग्गाधनी प्रमाणपत्र ९लालपुर्जा० मध्ये कुनै एक कागजात साथमा लिएर मतदान गर्न सकिनेछ ।

सूचना अधिकारी घिमिरेले मतदान केन्द्रमा पुगेपछि महिला र पुरुषका लागि छुट्टाछुट्टै लाइनको व्यवस्था गरिएको बताए ।

आयोगले शारीरिक रूपमा अशक्त व्यक्ति, ज्येष्ठ नागरिक, गर्भवती तथा सुत्केरी र आफैँले मतदान गर्न कठिनाइ हुने व्यक्तिहरूका लागि विशेष व्यवस्था गरेको छ । यस्ता मतदातालाई लाइनमा बस्न नपर्ने गरी छुट्टै सहजीकरणको प्रबन्ध मिलाइएको सूचना अधिकारी घिमिरेले जानकारी दिए।

Leave A Reply

Your email address will not be published.