सुचना, समाचार र मनोरन्जन

चन्द्र पन्त निर्देशित ‘आबाट आमा’को बक्स अफिसमा नयाँ कीर्तिमान

काठमाडौं :

पल शाह अभिनित फिल्म ‘आबाट आमा’ २०८२ सालमा दोस्रो धेरै कमाउने नेपाली फिल्म बनेको छ। यो वर्षमा ‘परान’पछि धेरै कमाउने फिल्म ‘आ बाट आमा’बने हो।

चलचित्र विकास बोर्डले सार्वजनिक गरेको फिल्मको बक्स अफिस रिपोर्ट अनुसार यो फिल्मले १२ करोड ३९ लाख ८९ हजार २३ रुपैयाँ ग्रस कलेक्सन गरेको छ। शनिबार रातिसम्मको अवधिसम्म ४ लाख ६९ हजार ४१४ टिकट विक्री गर्दै यो फिल्मको कमाई साँढे १२ करोड नजिक पुगेको हो।
यसअघि दोस्रो धेरै कमाउने फिल्ममा अनमोल केसी अभिनित फिल्म ‘जेरी अन टप’को थियो। जसका १२ करोड २६ लाख ६ हजार २४० नेरु ग्रस कलेक्सन गरेको थियो। अहिले अनमोलको फिल्मलाई उछिन्दै पलको ‘आ बाट आमा’ दोस्रो बनेको हो। यो फिल्मलाई चन्द्र पन्तले निर्देशन गरेका हुन्।

पल शाहकै फिल्मको ग्रस कलेक्सन हेर्ने हो भने उनको यो दोस्रो फिल्म हो। यसअघि उनको फिल्म ‘शत्रु गते’ ले १२ करोड ६५ लाख ८२ हजार १३५ रुपैयाँ ग्रस कमाएको थियो। उनको यो फिल्मलाई उछिन्न अब साता बाँकी रहेको छ।

फिल्म ‘आ बाट आमा’मा पल शाहका अलवा विपना थापा, प्रदीप रावत, सिम्रन पन्त, उषा उप्रेती, साइग्रेस पोखरेलले अभिनय गरेका छन्।

Leave A Reply

Your email address will not be published.