पोखरा/
सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान पोखराको नियमित मासिक कार्यक्रमअन्तर्गत शनिबार सर्जक, शोधार्थी र शुभेच्छुकहरुबिच औपनिवेशिकतामा केन्द्रित सांस्कृतिक ज्ञानको प्रबोधीकरण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष सहप्रा.योगराज पौडेलले विद्यावारिधि शोधकार्यको सारांशमा आधारित रही औपनिवेशिक पृष्ठभूमिमा लेखिएका आख्यानमा सांस्कृतिक प्रतिरोधको अवस्थाका बारेमा आफ्नो अध्ययनको अनुभव सुनाए ।

पौडेलले अ प्यासेज टु इन्डिया, किम,र शिवराज विजय, उपन्यासलाई उत्तर औपनिवेशिक सिद्धान्तका आधारमा अध्ययन गर्दा पछिल्ला दुई उपन्यासमा भन्दा ञशिवराज विजयझउपन्यासमा उपनिवेश बिरुद्ध सशक्त सांस्कृतिक प्रतिरोध रहेको स्पष्ट पारे । अध्ययनबाट उनले जहाँ शक्तिको प्रयोग हुन्छ, त्यहाँ शब्द र व्यवहारका माध्यमबाट प्रतिरोध भएको तथ्य अघि सारे ।
भारतीय पृष्ठभूमिमा एकातर्फ अङ्ग्रेजको आगमन र अर्कोतर्फ मुस्लिमहरूको प्रभावका बिच भारतका हिन्दुवादी र रैथानेहरूले आफ्नो अधिकार र अस्तित्व रक्षाका लागि गरेका प्रतिरोधलाई अध्ययनको विषय बनाइएको उनले खुलस्त पारे । हरेक अवस्था र समयमा शासकहरुले नयाँ नयाँ भाष्य , विमर्श वा विचारधारा निर्माण गरी आफ्नो शासन र शक्ति स्थापित गरेका हुन्छन् । यही विचारधाराका आडमा उनीहरुले प्रशासन र न्यायालयलाई आफ्नो अधिनमा पारेर राज्य चलाएका हुन्छन् । यो अवस्था विश्वका विभिन्न संस्कृति र समाजमा सान्दर्भिक देखिने प्रसङ्गलाई पौडेलले अध्ययनबाट प्राप्त गरेको बताए ।
कार्यक्रममा प्राध्यापक सङ्घ पृथ्वीनारायण क्याम्पसका सभापति डा। लक्ष्मीशरण अधिकारी, संस्थाका पूर्व अध्यक्ष डा। भूमिराज बस्ताकोटी, प्रा।डा।यमबहादुर पौडेल क्षत्री, अङ्ग्रेजी विभागका विभागीय प्रमुख डा. भानुभक्त शर्मा कँडेल, डा। पीताम्बर पौडेल, श्री सूर्यभक्त सिग्देल, संस्थाका निवर्तमान तथा वर्तमान उपाध्यक्ष श्री सुलोचना खनाल , श्री हिममाया पौडेललगायतले प्राज्ञिक लेखनका आधार, औपनिवेशिकता, सांस्कृतिक प्रतिरोध र समाज परिवर्तनका विषयमा आआफ्ना धारणा राखेका थिए । सदस्य श्री इन्दु पौडेलले ञविवाहोत्सवझ शीर्षकमा मिठो सिर्जना सुनाइन् ।

कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालय सेवा आयोगबाट व्याकरण विषयमा पदोन्नति हुनुभएका विन्दुवासिनी संस्कृत विद्यापीठका सहप्रा।डा। भोलानारायण रेग्मी र त्रिभुवन विश्वविद्यालय मानविकी तथा समाजिक शास्त्र संकायबाटबाट ञउत्तरवर्ती नेपाली गजलमा व्यङ्ग्यझ शीर्षकमा विद्यावारिधि गर्नुभएका श्री गणेश शर्मालाई सम्मान गरिएको थियो ।
श्री विष्णुप्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण संस्थाका सचिव डा.भानुभक्त आचार्यले गरेका थिए । संस्थाले हरेक महिनाको दोस्रो शनिवार सिर्जनात्मक, समालोचनात्मक र अनुसन्धानमुलक कार्यक्रम गर्दै आएको बताइएको छ ।