सुचना, समाचार र मनोरन्जन

राजनीति होइन राष्ट्रनीति गर्नुपर्नेमा डा.भण्डारीको जोड

हेटौँडा/

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.चन्द्र भण्डारीले वर्तमान समयमा नेताहरुले राजनीतिका लागि राजनीति गरिरहेको बताएका छन् । आइतबार विपी विचार समाज मकवानपुरको आयोजना हेटौंडामा भएको विचार गोष्ठीलाई सम्बोधन गर्दै प्रतिनिधिसभा सदस्य समेत रहेका डा.भण्डारीले नेताहरुले राष्ट्रनीति गर्नुपर्ने बताए ।

Chaka Panja

नेपाली कांग्रेस मकवानपुरको संयोजनमा ४८ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा ‘युवा जनशक्तिको सुनिश्चित भविष्यको लागि राजनीतिक दलहरुको भूमिका’ विषयक विचार गोष्ठीमा बोल्दै डा.भण्डारीले समाजको आवश्यकता अनुसारको विकास र सुशासन नेताहरुले दिन नसकेको उनले बताए ।

विपीको नेतृत्वको पालामा जस्तो नेताहरुमा नैतिकता नरहेको बताए । उनले ४ आना जग्गाको लागि र्याल काड्ने प्रवृत्तिका कारण देशको अवस्था कमजोर बन्दै गएको बताए।

Leave A Reply

Your email address will not be published.