सुचना, समाचार र मनोरन्जन

रुसी सेनामा भर्ना भएका स्याङ्जाका एक युवकको मृत्यु

काठमाडौँ/

रुस–युद्धमा सहभागी स्याङ्जाका एक युवकको मृत्यु भएको पुष्टि भएको छ ।रुसी सेनाका तर्फबाट युद्धमा सहभागी वालिङ नगरपालिका–१४ मान्खुका हरि अर्यालको मृत्यु भएको खबर आएको वडाध्यक्ष राजु कुँवरले जानकारी दिए ।

वडाध्यक्ष कुँवरका अनुसार २८ डिसेम्बर १२ पुसमा मृत्यु भएको हो । करिब दुई महिनाअघि अर्याल दुबई हुँदै रुस गएका थिए । नेपाली सेनामा काम गरेको ३ वर्षपछि जागिर छाडेर अर्याल रुस गएका थिए ।

Leave A Reply

Your email address will not be published.