काठमाडौं /
राइड सेयरिङ संस्था ‘टुटल’का संस्थापक शिक्षित भट्टलाई प्रहरीले पक्राउ गरेको छ।

टुटल बिक्री गरेर आएको रकम संस्थाका अन्य साझेदारहरूलाई नदिइ आफैँले लिएको आरोपसहित परेको उजुरीको आधारमा बिहीबार राति उनलाई काठमाडौं प्रहरी परिसरको टोलीले पक्राउ गरेको हो।
भट्टविरूद्ध प्रतिलिपि अधिकार र आपराधिक विश्वासघात गरेको उजुरी परेको थियो। सुरूमा पार्टनर रहेका व्यक्तिले उनीविरूद्ध मुद्दा हालेको एसएसपी भूपेन्द्र खत्रीले बताए।
पक्राउ परेका भट्टमाथि थप अनुसन्धान गर्न काठमाडौं प्रहरीले म्याद थपका लागि जिल्ला अदालत लगेको छ।