सुचना, समाचार र मनोरन्जन

राष्ट्रिय सभा निर्वाचनः उम्मेदवारविरुद्ध आज उजुरी गर्न सकिने

काठमाडौं /

राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवारी दिएकाहरुको विरोधमा आज उजुरी दिन सकिने भएको छ।

Chaka Panja

कूल १९ सिटका लागि हुने निर्वाचनमा सातै प्रदेशमा महिला समूहतर्फ १७, दलिततर्फ छ, अपाङ्गता भएका व्यक्ति वा अल्पसङख्यकतर्फ आठ, र अन्य समूहतर्फ २१ गरी जम्मा ५२ उम्मेदवारको मनोनयनपत्र दर्ता भएको निर्वाचन आयोगले जनाएको छ।

निर्वाचन आयोगको स्वीकृत कार्यतालिका अनुसार भोलि र पर्सि उम्मेदवारको मनोनयन र उजुरीमाथि जाँचबुँझ गरी नामावली प्रकाशित गरिनेछ।

उम्मेदवारले नाम फिर्ता लिन चाहे पुस २७ गते लिन सक्ने र त्यसै दिन उम्मेदवारको अन्तिम नामावली पनि प्रकाशित हुनेछ। पुस २८ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने निर्वाचन आयोगले जनाएको छ। आगामी माघ ११ गते राष्ट्रिय सभा सदस्यको निर्वाचन हुँदैछ।

Leave A Reply

Your email address will not be published.