सुचना, समाचार र मनोरन्जन

कोशीमा राप्रपाका विष्ट निर्विरोध सभामुख निर्वाचित

काठमाडौं /

गठबन्धन दल भन्दा बाहिरबाट सभामुखको उम्मेदवारी परे एमालेले सघाउने निर्णय गरेपछि राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध कोशी प्रदेशको सभामुख बनेका छन्।

एमाले संसदीय दलको बैठकले सभामुखको उम्मेदवारी उठाउने परिस्थिति नभएकाले सत्ता गठबन्धन दल बाहेकलाई सभामुख बनाउने निर्णय गरेसँगै विष्ट निर्विरोध निर्वाचित भएका हुन्।

Protin

सत्तारुढ गठबन्धन दलहरुले पनि सभामुखमा उम्मेदवार नउठाउने निर्णय गरेका थिए। कोशी प्रदेश सभाको सभामुख चयनका लागि आज तय गरिएको निर्वाचनमा अरु कसैको पनि उम्मेदवारी नपरेपछि उनी निर्विरोध भएका हुन्।

सत्तारुढ गठबन्धन दलहरुले सभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवारलाई सघाउने बताएका थिए। त्यस्तै, एमाले प्रदेश संसदीय दलको बैठकले पनि सभामुखमा गठबन्धन दलबाहेकका उम्मेदवारलाई सघाउने निर्णय गरेको थियो।

राप्रपाले सभामुखमा झापाबाट निर्वाचित विष्टलाई उम्मेदवार बनाएको थियो। विष्टलाई सत्तारुढ दल र प्रमुख विपक्षी दलले समेत समर्थन गर्दा उनी सबैका साझा सभामुख बनेका हुन्।

तत्कालीन सभामुख बाबुराम गौतमले राजीनामा दिएपछि कोशीमा लामो समयदेखि सभामुख पद रिक्त रहेको थियो।

Leave A Reply

Your email address will not be published.