सुचना, समाचार र मनोरन्जन

राधाकृष्ण मन्दिर शान्ति आश्रमको ३१ औं साधारणसभा सम्पन्न

पोखरा /

पोखरा महानगरपालिका वडा नं ३२ लामेआहालमा रहेको राधाकृष्ण मन्दिर शान्ति आश्रमले आफ्नो ३१ औं साधारणसभा एक कार्यक्रमका बीच आज सम्पन्न गरेको छ ।

साधारणसभाको गण्डकी प्रदेश सभा सदस्य सरस्वती गुरुङले एक समारोहकाबीच उद्घाटन गरे ।

कार्यक्रममा प्रदेश सभा सदस्य गुरुङले धार्मिक एवम् सामाजिक उद्देश्यका साथ स्थापित यस पवित्र स्थलले आध्यात्मिक भावना अभिबृद्धिसँगै सामाजिक सचेतनामा समेत महत्वपूर्ण योगदान गरेको बताए।
मन्दिर सहित यस संस्थाको समग्र विकासका लागि गण्डकी प्रदेश सरकारको सहयोग रहने बताउँदै उनले त्यसका लागि आफ्नो तर्फबाट साथ र सहयोग हुने विश्वास व्यक्त गरे।

Chaka Panja

कार्यक्रमका सभापति एवम् राधाकृष्ण मन्दिर शान्ति आश्रमका सह अध्यक्ष गणेशबहादुर खत्रीले यस संस्थाको विकासका लागि धेरै सामाजिक भावनाले भरिएका व्यक्तिहरूको साथ र सहयोग भएको बताए ।
संस्थाको दीगो सञ्चालनका लागि ‘मन्दिर एक अतिथि’ जस्ता अभियान सञ्चालन गर्न लागिएको उनले बताए ।

कार्यक्रममा गोगन माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मेघराज पौडेल, नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि मोहन प्रधान, नेपाल रेडक्रस सोसाइटी पोखरा ३२ का अध्यक्ष किसान परियार, भक्ति अधिकारी लगायतले सबैको साथ र सहयोगमा यस संस्थाको विकासमा सहयोग पुु¥याउनुपर्नेमा जोड दिए ।

उक्त अवसरमा काँग्रेस नेता मोहन प्रधानले राइस कुकर सहितका समाग्री सहयोग हस्तान्तरण गर्नुभएको थियो भने विभिन्न योगदान गर्ने व्यक्तिलाई संस्थाका तर्फबाट सम्मान गरिएको थियो ।

राधाकृष्ण मन्दिर शान्ति आश्रमका सह अध्यक्ष गणेशबहादुर खत्रीको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव घनश्याम खनालले गरेका थिए भने स्वागत माधवशरण उपाध्यायले गरेका थिए ।

Leave A Reply

Your email address will not be published.