सुचना, समाचार र मनोरन्जन

अभियानमा नखट्नेलाई कारबाही गर्ने माओवादीको तयारी

शनिबार बसेको पार्टीको स्थायी समिति बैठकमा धारणा राख्दै पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सो जानकारी दिएका हुन् ।

काठमाडौँ /

नेकपा माओवादी केन्द्रले जनतासँग माओवादी विशेष रूपान्तरण अभियानमा नखट्ने नेताहरूलाई कारबाही गर्ने तयारी गरेको छ । शनिबार बसेको पार्टीको स्थायी समिति बैठकमा धारणा राख्दै पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सो जानकारी दिएका हुन् ।

Chaka Panja

बैठकमा प्रचण्डले अभियान नेताहरूलाई मूल्याङ्कन गर्ने आधार बनेको बताउँदै राम्रो काम गर्नेलाई पुरस्कृत र नराम्रो काम गर्नेलाई दण्डित गर्ने बताएका थिए । बैठकमा प्रचण्डको भनाई उद्धृत गर्दै एक स्थायी समिति सदस्यले रातोपाटीलाई भने, ‘नेताहरूले राम्रोसँग काम गरेको ठाउँमा अभियान राम्रो भएको तर काम गरेको जस्तो गरेको स्थानमा अभियान राम्रो नभएको देखियो ।’

ती सदस्यका अनुसार अभियानका लागि गठन गरिएको मूल्याङ्कन विभाग र अनुशासन विभागले गरेको मूल्याङ्कनका आधारमा कारबाही र पुरस्कारको काम अघि बढ्नेछ । आजको बैठकमा दशवटै प्रदेशका इन्जार्चहरुले रिपोर्टको सार प्रस्तुत गरेका थिए । यसबारे विस्तृत छलफल माघ २६, २७ र २८ गते स्थायी कमिटी बैठकमा गरिनेछ ।

यता पार्टीले माओवादी छाडेर अन्य पार्टीमा प्रवेश गरेका केन्द्रीय सदस्यहरू विरु तामाङ र उमा विकलाई कारबाही गर्ने निर्णय गरेको छ ।

Leave A Reply

Your email address will not be published.