सुचना, समाचार र मनोरन्जन
Sarangi

नेपाली सिनेमाको स्वाद: हिजो, आज र भोलि

वक्ता :
अनुप बराल, निर्देशक, कलाकार ।
दीया मास्के, कलाकार ।
मनोज पण्डित, निर्देशक ।

सहजकर्ता: सुरज सुवेदी, पत्रकार ।
…………………

सुरज सुवेदी: सिनेमाको स्वाद केकेबाट आउँछ ?

अनुप बराल: सिनमालाई कहिले पनि मनोरञ्जनको रुपमा हेरिनँ । सिनेमा चेतना हो । प्रविधिमा धेरै परिवर्तन आइसक्यो । आर्थिक, राजनीति, सामाजिक क्षेत्रले पनि महत्व राख्छ । ६२ वटा कला मिश्रण छ, फिल्ममा । सिनेमा आफैमा साहित्य हो । सिनेमा जसरी फड्को मार्नु पर्ने हो, त्यसभन्दा हामी पछाडि छौं ।

सुरज सुवेदी: हामीले छान्न पाउँछौ । पहिला दिइन्थ्यो, अहिले छान्न पाउँछौ । पहिले कस्तो थियो, अहिले कस्तो छ ?

मनोज पण्डित: केरामा चिप्लिने कथामा नेपाली फिल्म चल्छ । हाम्रो सिनेमा समाज केराको बोक्रासँग गाँसिएको छ । स्वादको कुरा गर्दा, खानाको सम्बन्ध हाम्रो इन्द्रियसँग सम्बन्ध राख्छ, सिनेमाले दर्शकसँग सम्बन्ध राख्छ । सिनमा बौद्धिक उत्पादन हो । तर, यसको एक मान्यता मनोरञ्जन दिनु हो । हाम्रो स्वादको प्रोडक्सन, इन्टेलेक्चुयटी, इमोस्नालिटी, ¥यास्नालिटीलाई केन्द्रित गर्छ । सिनेमालाई बौद्धिकताले हेर्न थाल्यो भने समाजमा न्याय नपाएका मान्छे, समाजले एकले अर्कोलाई दबाएका छन् भन्ने लागेपछि समाज जसरी बाँचिरहेको छ, त्यसरी सिनेमा आउने हो । २०६२, ६३ को आन्दोलनपछि नेपाली सिनेमाले बौद्धिकतामा फड्को मारेको हो । पछि हरायो । नेपाली सिनेमाका स्वाद अहिले पछिल्लो समय बिलिनो भाको छ । हस्पिटलमा खाने खानाको स्वाद जस्तो भाको छ ।

सुरज सुवेदी: सिनेमा बन्नुभन्दा अगाडि र बनिसकेपछिको स्वाद कस्तो लाग्छ ?

दीया मास्के: यत्तिकै सिनमा गर्छु भनेर नआएको कलाकार परें । तालिम लिनुपर्छ भनेर आएको हुनाले अलि गहिरो लाग्छ । कागबेनीमात्र नभई दलन गर्ने बेलादेखि नै अडिसन दिँदा सिकाउने मान्छेहरुले जसरी ब्रिफिङ गर्नुहुन्थ्यो, त्यसको स्वाद भिजुअल्ली बताउनुभाको थियो, मैले त्यो भन्दा राम्रो पाएँ ।

सुरज सुवेदी: केही कुरा पकाउँदा सामानको पनि महत्व हुन्छ, पकाउने सिप पनि हुन्छ । त्यस्तै नेपाली फिल्म पकाउँदा (बनाउँदा) के भइराको छ ?

मनोज पण्डित: कुकको लागि खाना नै सिनेमा हो । नेपाली समाजको नेपाली सिनेमा, म आफै ब्राह्मण समाजबाट आएको हुँ । भाग्यवादी, ब्राह्मवादी सिद्धान्तमा आधारित छ । पात्रको हरेक कुरा, समाजको हरेक कुरा लेखन र निर्देशनले सिमित प्रविधि र ज्ञानमा रहेर गर्ने हो । पात्रहरु निर्देशक र लेखकको दास हुन्छन् । पात्रले भने जस्तो गर्न पाउँदैनन् । पात्रले संघर्ष गर्दैन । सोच्ने लेखन र निर्देशनले सोच्ने हो भन्ने छ । मान्छेले आफ्नो भविष्य आफै बनाउँछ भन्ने अस्तित्ववादबाट अघि बढ्यो भने पात्रले अपत्यारिलो सफलता हासिल गर्न सक्छ । यहाँ लेखन र निर्देशनले मात्र संघर्ष गर्छन् । पात्रलाई इन्डिपेन्डेन्ट बनाउन सक्नुपर्छ । सिक्लेसमा बस्ने पात्रले कसरी संघर्ष गर्नुपर्छ भन्ने देखाउनु पर्छ । साउथ इन्डियनका फिल्म आज सफल छन् ।

सुरज सुवेदी: चरित्रले किन त्यस्तो स्वाद नबोकेको ?

अनुप बराल: फिल्म भन्ने एक शैली हो भन्ने चिज नै गायव छ । छरिएर बसेको छ, त्यसलाई एक ठाउँमा ल्याउन सकेका छैनौं ।

सुरज सुवेदी: कुन कुन तहमा सम्झौता हुन्छ ?

दीया मास्के: सुटिङमा असुविधाले कम समयमा सकाउनुपर्नेमा झन् बढ्यो । मैले दलन र बसाइँकै उदाहरण दिन्छु । मेकिङका हिसाबले कर्पोपाइज भयो । राम्रो बन्यो, तर कप्रोमाइज नभाको भए झन् राम्रो हुन्थ्यो होला ।

सुरज सुवेदी: प्राविधिक कुराको लोड नेपाली फिल्ममा कस्तो छ ?

अनुप बराल: एकताका अलि लोड भयो । मैले फिल्म बनाउँदिन पनि भन्ने लाग्यो । जुन उत्साहले सिनेमा बनाउँछु भन्ने सोचेको थिएँ, पछि हातबाट फुत्किदै गयो । चंगा चुँडे झै भयो । आर्थिक कारण, भूकम्प तथा दैवीप्रकोप लगायत मुख्य कारण भयो । पैसा, साधनमात्र ठुलो कुरा भन्छौं, तपाई कसरी कोअर्डिनेट गर्नुहुन्छ ? त्यसमा भर पर्छ ।

सुरज सुवेदी: नेपाली फिल्म बिलिनो कसरी भन्नुभाको ? निर्देशकले नै नून मिलाएर हाल्न नजानेको हो ? नून चर्को भएर पानी खन्याएको हो कि ?

मनोज पण्डित: फिल्ममा नूनमात्र हैन, मसला नि हुँदैन । यति धेरै स्वाद संसारमा आए, सबै ल्याउँदा कस्तो स्वाद बनेको हो ? थाहै छैन । फिल्मको स्वाद हस्पिटलको खानाको स्वादसँग दाँज्नुपर्ने अवस्था कसरी आयो भने सिनेमाको स्वाद त्यो पात्रको सेटिङसँग हुन्छ, पात्रले भोग्नुपरेको अवस्थाबाट हुन्छ । नेपाली अधिंकाश फिल्मले चाहेको कुरा भनेको महिलाले पुरुष चाह्यो, पुरुषले महिला चाह्यो । पात्रले चाहेको कुरा, धनी वा गरिबको छोराछोरीमात्र हो । नेपाली फिल्म आइ लव युभन्दा माथि उठेन । त्यसभन्दा माथि उठेर आई एम हुमन भन्ने कहिले आउँछ ? संसार अचम्म लाग्दो छ । संसार योमात्र होइन, पात्रले मेटाफिजिकल रुपमा चुनौती गरेको खै त ? संसारमा धेरै स्वाद आइसके, हामी अझै राउटेकै अवस्थामा छौं । नेपाली सिनेमाको स्वादमा एउटा कुरा थपौ, त्यो हो आशा । यो आशा भन्ने मसला दिन सक्यो भने असफल देशको नागरिक होइन, सफलताको स्वाद चखाउन सक्यौ भने नेपाली फिल्मको विकास हुनेछ । महान् दार्शनिक अरिस्टोलले पोयटिक्सले थ्रि स्टक्चर नेपाली सिनेमाले बिस्तारै अपनाउँदै आए पनि तत्काल परिवर्तन आउला भन्ने छैन ।

मानिसले अचेल फर्मुला फिल्म बनाइराखेको छ । उत्कृष्ट भाको स्क्रिप्ट कसैले दिन्छ भने । फिल्म बिगार्ने निर्माता, निर्देशक र लेखक हुन् । फिल्म बिगार्ने सबैभन्दा बढी निर्माताले सही कलाकार छान्दैन । आफ्ना मान्छे छान्छ । केही निर्माताले राम्रो बनाउने प्रयास गरेका हुन्, तर सबैभन्दा बढी फिल्म बिगार्ने निर्माता हुन् । कथा संरचना हो । फिल्ममा वान लाइनर लेख्न गाह्रो हो । को दक्ष मानिस हो, कुन स्टोरीलाई कस्तो मान्छे चाहिन्छ भन्ने नजान्दा समस्या हो । निर्माता, निर्देशक र लेखकले आफ्नो इगो हाल्दा फिल्म बिर्गेका हुन् । इगो भन्ने मसला कम भए, पात्रको मसला बढी भए कसैले पनि हल्लाउन सक्दैन ।

सुरज सुवेदी: नेपाली सिनेमाको स्वाद कस्तो हुनुपर्छ ?

मनोज पण्डित: कहिलेकाही हामी बाँच्नका लागि बनाउँछौं । हाम्रो बाँच्ने प्रणालीमा दर्शकलाई मनोरञ्जनको आवश्यकता छ भनेर बनाउँछौ । सिनेमा अन्धकार पनि बनायो पनि नभन्नू, सिनेमाले रातारात परिवर्तन गरिसक्यो पनि नभन्नू । सिनेमाको दृश्यले केही फरक पारेको छैन । पार्दैन । सोच्नु पनि गलत हो । मानिस कुरुप प्राणी हो । मानिसभित्र कुरुप छ । सिनेमाले त्यही कुरुप देखाउने हो । भोलि समाजमा झन् लड्नुपर्छ । नेपाली सिनेमा भोलि खत्रा प्रश्न ल्याउनेवाला छ ।

अनुप बराल: फिल्म इन्द्रियले महसुस गर्ने हो । बलात्कारको दृश्य आयो भने, त्यस्तो गर्न हुँदैन भनी मानिसलाई महसुस गराउने हो । समाजकै पात्र हौं हामी पनि । यहीको कथा बनाउने हो । सिनेमाले सिकाउने भन्दा पनि महसुस गराउने हो ।

मनोज पण्डित: यदि कुनै निर्देशक वा लेखकले बलात्कारीलाई निस्फ्रिकी छोड्यो भने गलत हो । त्यसलाई कारबाही भएको देखाउनुपर्छ ।

दीया मास्के: हाम्रो फिल्म धेरैसम्म हिन्दी फिल्मको फोटोकपी हो । ६० वर्ष लामो नेपाली फिल्मको इतिहासमा पनि यो हुनु गलत हो । सिनेमाले देखाउने स्टोरीको कुरा गर्नुपर्छ ।

Leave A Reply

Your email address will not be published.