सुचना, समाचार र मनोरन्जन

यु-१९ बिश्वकप क्रिकेट: नेपालले आज पाकिस्तानको सामना गर्ने

काठमाडौं /

जारी आइसीसी यू-१९ विश्वकप अन्तर्गत आज नेपालले आफ्नो दोस्रो खेल पाकिस्तानविरुद्ध खेल्दै छ। समूह डी मा रहेको नेपालको यो खेल नेपाली समय अनुसार अपरान्ह १: ४५ बजेदेखि सुरूहुँदै छ।

नेपालले आफ्नो पहिलो खेलमा न्यूजील्याण्डसँग ६४ रनको हार बेहोरेको थियो।

अहिलेसम्म समूह डी मा न्यूजील्याण्डले लगातार दोस्रो जित हासिल गरेको छ। न्यूजील्याण्डले नेपाल र अफगानिस्तानलाई पराजित गरेको थियो। त्यस्तै पाकिस्तानले आफ्नो पहिलो खेलमा अफगानिस्तानलाई नै पराजित गरेको थियो। यस समूहमा नेपालले एक र अफगानिस्तानले २ खेलमा हार बेहोरेका छन्। दक्षिण अफ्रिकामा हुने यस विश्वकपमा नेपालसहित १६ देशले भाग लिँदै छन्।

यस विश्वकपमा नेपाल समूह डी मा रहेको छ। यस समूहमा नेपालसँगै पाकिस्तान, अफगानिस्तान र न्युजिल्यान्ड रहेका छन्। नेपालले आफ्नो समूह चरणको अन्तिम खेल जनवरी २६ मा अफगानिस्तानसँग खेल्ने तालिका रहेको छ।

Chaka Panja

यस विश्वकपमा १६ देशलाई चार समुहमा बिभाजन गरिएको छ। समूह चरणमा एक अर्कासँग खेलेपछि हरेक समूहबाट शिर्ष तीन टिम अर्को चरणमा प्रवेश गर्ने छन्।

अर्को चरणमा पुग्ने १२ देशलाई दुई समुहमा विभाजन गरेर सुपर सिक्सका खेल खेल्ने छन्। सुपर सिक्समा एक टिमले केवल दुई खेल खेल्ने छ। अन्त्यमा दुवै समूहका शिर्ष दुई टिम सेमिफाइनलमा पुग्ने छन्।

यस विश्वकपको समूह ए मा अमेरिका, बंगलादेश, भारत र आयरल्याण्ड छन् भने समूह बी मा स्कटल्याण्ड, दक्षिण अफ्रिका, वेस्टइन्डिज र इङ्ल्याण्ड रहेका छन्।

त्यस्तै समूह सी मा जिम्बाबे, नामिबिया, अस्ट्रेलिया र श्रीलंका रहेका छन् भने समूह डी मा पाकिस्तान, अफगानिस्तान, न्यूजील्याण्ड र नेपाल रहेका छन्।

विश्वकप खेल्ने नेपाली टिम: 

देव खनाल {कप्तान}, अर्जुन कुमाल, आकाश त्रिपाठी, दिपक प्रसाद डुम्रे,दुर्गेश गुप्ता,गुलशन कुमार झा, दिपेश प्रसाद कँडेल, विशाल विक्रम केसी, सुभाष भण्डारी, दीपक बोहरा ए, दिपक बोहरा बी, उत्तम थापा मगर, विपिन रावल, तिलकराज भण्डारी र आकाश चन्द।

Leave A Reply

Your email address will not be published.