सुचना, समाचार र मनोरन्जन
Sarangi

कास्कीका ७ पत्रकार सम्मानित, मिडिया विधेयक मिडियामैत्री आउने मुख्यमन्त्रीको भनाई

शुक्रबार महासंघको सभाहलमा भएको कार्यक्रममा पत्रकारहरु कुलचन्द्र न्यौपाने, ओम हमाल, टंकराज अधिकारी, दिनानाथ बराल, सन्देश श्रेष्ठ, प्रकाश ढकाल र कृपा भण्डारी विभिन्न पुरस्कारबाट सम्मानित भएका हुन् ।

पोखरा /

नेपाल पत्रकार महासंघ कास्कीले आयोजना गरेको पत्रकारिता पुरस्कार अर्पण समारोहमा ७ पत्रकार सम्मानित भएका छन् ।

शुक्रबार महासंघको सभाहलमा भएको कार्यक्रममा पत्रकारहरु कुलचन्द्र न्यौपाने, ओम हमाल, टंकराज अधिकारी, दिनानाथ बराल, सन्देश श्रेष्ठ, प्रकाश ढकाल र कृपा भण्डारी विभिन्न पुरस्कारबाट सम्मानित भएका हुन् ।

गजेन्द्र भण्डारी सिर्जनशिल राष्ट्रिय पत्रकारिता पुरस्कार २०७९ बाट कुलचन्द्र न्यौपाने {कान्तिपूर}, २०८० बाट ओम हमाल {जनसंचार} सम्मानित भएका छन् । यो पुरस्कारको राशी नगद २५ हजार रुपैयाँ रहेको छ ।

आर्थिक पत्रकारिता पुरस्कार २०७८ बाट टंकराज अधिकारी {नेपाल समाचार पत्र} सम्मानित भए । उनिसंगै दिनानाथ बराल ९कारोबार दैनिक० लाई आर्थिक पत्रकारिता पुरस्कार २०७९ बाट सम्मान गरिएको हो । यो पुरस्कारको राशी नगद २० हजार रुपैयाँ रहेको छ ।

टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार २०७९ बाट सन्देश श्रेष्ठ {नागरिक र एभरेष्ट एफएम} र २०८० प्रकाश ढकाल {आदर्श समाज} सम्मानित भए । यो पुरस्कारको राशी २० हजार १ सय ११ रुपैयाँ रहेको छ । यस्तै २० हजार ५ सय ५५ रुपैयाँ राशीको जगन्नाथ सिग्देश युवा प्रोत्साहन पुरस्कार २०८० बाट कृपा भण्डारी पुरस्कृत भएकी हुन । पुरस्कृत सबै प्रतिभाहरुलाई कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, , कास्कीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे, महासंघ कास्कीका अध्यक्ष विमला भण्डारी, पुरस्कारका संस्थापकहरुले दोसल्ला र सम्मान पत्र सहित सम्मान गरे ।

कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सम्मानित सबै पत्रकारलाई बधाई दिए । उनले पत्रकारिता क्षेत्रलाई मर्यादित बनाउनुपर्ने आवश्यकतालाई औंल्याएका छन् । सामाजिक सञ्जालमा पोष्टाएको विषयलाई सुचना मानेर समाचार लेखिनु गलत भएको तर्क उनको छ । मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेशको मिडिया विधेयक मिडियामैत्री नै आउने बताए । उनले अबको हिउँदे अधिवेशनमा विधेयक पास हुने उल्लेख गरे ।

पत्रकार महासंघ कास्कीकी अध्यक्ष विमला भण्डारीले पत्रकारिता क्षेत्रको श्रीवृद्धिका लागि महासंघ क्रियाशिल रहेको बताइन् । उनले पत्रकार महासंघ कास्कीले प्रदान गर्दै आएको पुरस्कारले पत्रकारितामा लागेकाहरुलाई प्रोत्साहन मिल्ने बताइन् । पत्रकारिता क्षेत्रमा देखिएका समस्यालाई समाधान गर्ने बाटोमा महासंघ अग्रसर रहेको उनले उल्लेख गरिन् ।

सम्मानितहरुको तर्फबाट बोल्दै कुलचन्द्र न्यौपानेले पत्रकार महासंघ कास्कीले आफु सहित ७ जना पत्रकारलाई सम्मान गर्दा पत्रकारिता क्षेत्रमा अझै क्रियाशिल भएर लाग्न प्रेरित गरेको बताए । पत्रकारिता क्षेत्रमा समस्या भएता पनि यस्ता पत्रकारिताका पुरस्कारबाट पत्रकारलाई सो पेशामा लाग्न प्रेरित गर्ने उनले बताए ।

सम्मानित भएका व्यक्तिहरुको विषयमा पत्रकार महासंघ कास्कीका अध्यक्ष कृष्ण प्रसाद बास्तोलाले सम्मानित सबै पत्रकारको परिचय खुलाएका थिए । कास्कीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य सरिता तिमल्सिना पंगेनी लगायतले बोलेको कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद महासंघ कास्कीका उपाध्यक्ष रामप्रसाद तिमिल्सिनाले दिएका थिए भने सचिव माधव बरालले कार्यक्रमको संचालन गरेका थिए ।

Leave A Reply

Your email address will not be published.