सुचना, समाचार र मनोरन्जन

संकटालाई हराएर आर्मी अन्तिम चारमा

आइतबार भएको क्वार्टरफाइनलमा संकटा क्लबलाई ३-० गोलले हराएर आर्मी सेमिफाइनलमा पुगेको हो।

पोखरा /

त्रिभुवन आर्मी क्लब आहा रारा पोखरा गोल्डकपको अन्तिम चार पुगेको छ। आइतबार भएको क्वार्टरफाइनलमा संकटा क्लबलाई ३-० गोलले हराएर आर्मी सेमिफाइनलमा पुगेको हो।

आर्मीको जितमा दिनेश हेन्जनले दुई गोल गरे। उनले खेलको ४८ र ७६ मिनेटमा गोल गरेका थिए। त्यसअघि खेलको ४५ मिनेटमा जिलेस्पी जंग कार्कीको गोलबाट आर्मीले अग्रता लिएको थियो।

अब आर्मीले फाइनल प्रवेशका लागि चर्च व्बाइज वा एपिएफ क्लबबीचको खेलको विजेतासँग खेल्नेछ।

Leave A Reply

Your email address will not be published.