सुचना, समाचार र मनोरन्जन
Sarankot Dham

आज शहीद दिवस: सपना पूरा गर्न संकल्प गर्ने दिन- प्रधानमन्त्री {तस्बिरहर}

पोखरा /

सरकारले बर्सेनि माघ १६ गते सहिद दिवस मनाउँदै आएको छ । सोही अवसरमा लैनचौरमा प्रधानमन्त्रीले सहिद स्मृति पार्क श्रदान्जली अर्पण गरेका छन् ।

मुलुकमा व्याप्त निरङ्कुश शासन व्यवस्थाको विरुद्धमा आवाज उठाएर जनताको हकअधिकारका लागि प्राणोत्सर्ग गर्ने वीर सपुतको सम्झनामा २०१२ सालदेखि निरन्तर यसरी नै सहिद दिवस मनाउँदै आएको इतिहास छ । यो इतिहासको आरम्भ निरङ्कुश जहानियाँ राणा शासनविरुद्ध सङ्घर्षरत चार सपुतको योगदानको सम्झनामा सहिद दिवस मनाउन थालिएको हो ।

यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजको दिन शहिदहरूले देखेका सपना र उहाँहरूले गर्नुभएको अठोटलाई शीरोधार्य गर्दै क्रान्तिका बाँकी कार्यभारहरू पूरा गर्न संकल्प गर्ने दिन भएको बताएका छन्।

शहिद स्मारक लैनचौरमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्रीले भने, “नेपाली समाजको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक रूपान्तरण र समावेशी लोकतन्त्र स्थापनाका निम्ति महान् शहिदहरूले उच्च बलिदान गर्नुभएको छ, राष्ट्रियता, जनतन्त्र र जनजीविकाको पक्षमा संघर्ष गर्ने क्रममा बलिदान गर्ने शहिदहरू विगत, वर्तमान र भविष्यका निम्ति हामी सबैका लागि प्रेरणाका स्रोत र पथप्रदर्शक रहिरहनेछन्।”

हेर्नुहोस् तस्बिरहरु :

sfal

Leave A Reply

Your email address will not be published.