पोखरा /
बैदाम तामाङ सेवा समाज पोखराको आयोजनामा हुने मिस तामाङ पोखराको तयारी पुरा भएको छ । ४५ दिन लामो तालिम पश्चात शनिबार पोखरामा हुने ग्रान्डफिनालेको तयारी पुरा भएको आयोजक बैदाम तामाङ सेवा समाजका अध्यक्ष ज्याक तामाङले जानकारी दिए ।
तामाङ समुदायका नारीहरुको अन्तरनिहित प्रतिभा, बौद्धिक क्षमता तथा व्यक्तित्व विकास गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गर्न लागिएका अध्यक्ष तामाङको भनाइ छ ।
बैदाम तामाङ सेवा समाज कास्कीले हरेक वर्ष ल्होसारको अवसरमा मिस तामाङ पोखरा तथा ल्होसार म्युजिकल फेष्टिभल गर्दै आएको छ । यस वर्ष समाजले मिस तामाङ पोखराको आठौं संस्करण भोलि माघ २० गते गर्दैछ ।
यस्तै ग्रान्डफिनालेमा गायक राजन राज सिवाकोटी, संचारकर्मी {आवाजको दुनियाको साथी} दिनेश डिसी, पाइलट तथा अभिनेता बिजय लामा, गायक संजिव वाईवा लगायतको को उपस्थिति रहने समाजका अध्यक्ष तामाङले जानकारी दिए ।
प्रतियोगितामा देशभरबाट १० जना तामाङ समुदायका युवतीहरुको सहभागिता रहेको छ । सहभागीहरुमा मनिका लामा तामाङ, रिमाया तामाङ, दिक्षा लामा, सुनामी तामाङ, टिसिरिङ तामाङ, अर्पना तामाङ, रोशिला तामाङ, याङजी तामाङ, र बर्षा लामा तामाङ रहेका छन् ।
मिस तामाङ पोखरा २०२४ की बिजेताले नगद १ लाख ताज, ट्रफी, प्रमाणपत्र तथा आकर्षक गिफ्ट ह्याम्परहरु प्रदान जित्ने छ । फस्ट रनरअपले ताज, ट्रफी, प्रमाणपत्र सहित नगद ५० हजार रुपैयाँ हजार प्राप्त गर्नेछ । त्यस्तै सेकेण्ड रनर अपले ताज, ट्रफी, प्रमाणपत्र सहित नगद ३० हजार रुपैयाँ हात पार्नेछन् । भिवर्स च्वाइसका रुपमा एकजना प्रतिस्पर्धीलाई नगद २० हजार पुरस्कार प्राप्त गर्ने समाजका अध्यक्ष ज्याक तामाङले बताए ।
यस्तै ग्रान्डफिनालेमा गायक राजन राज सिवाकोटी, संचारकर्मी {आवाजको दुनियाको साथी} दिनेश डिसी, पाइलट तथा अभिनेता बिजय लामा, गायक संजिव वाईवा लगायतको को उपस्थिति रहने समाजका अध्यक्ष तामाङले जानकारी दिए ।